मिस्टर एण्ड मिस विश्वकर्मा हुने

समाधान संवाददाता २०८० भदौ १७ गते १३:४९

पोखरा ।
मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल गण्डकी २०२३ हुने भएको छ । विब्रोस इन्टरटेन्मेन्टले विश्वकर्मा समुदायका युवायुवतीको प्रतिभा प्रस्फुटन गराउनका लागि यो प्रतियोगिता आयोजना गरेको शनिबार पोखरामा पत्रकार सम्मेलन गरी जनाएको छ ।


प्रतियोगिता गण्डकी प्रदेशमा बसोबास गर्ने विश्वकर्मा समुदायका १६ देखि २९ वर्ष उमेरका अविवाहित युवायुवतीले भाग लिन सक्ने छन् । प्रतियोगिताका लागि फाराम खुलिसकेको छ । फाराम भर्नेहरूको अडिसनमार्फत उत्कृष्ट १५ पुरुष र उत्कृष्ट १५ महिला छनोट गरी असोजको ५ गतेदेखि १९ गतेसम्म विभिन्न चरणमा तालिम हुनेछ ।


तालिममा सम्बन्धित क्षेत्रका विज्ञहरूले सहजीकरण गर्ने छन् । प्रतियोगिताको फाइनल आगामी असोज २० गते हुने । प्रतियोगिताको दुवै विधाका विजेताले उपाधिसहित नगद ५० हजार हात पार्ने छन् ।

Advertisement


यसका अलावा काठमाडौंमा आयोजना हुने मिस्टर एण्ड मिस विश्वकर्मा इनटरकन्टिनेन्टल सिजन थ्री मा सहभागी हुन पाउनेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया