‘यादको कोलाज’ बजारमा

समाधान संवाददाता २०८० भदौ १७ गते १४:२८

पोखरा ।
अमृत क्षेत्रीको संस्मरणात्मक कृति ‘यादको कोलाज’ बजारमा आएको छ । कलिङ साहित्यिक महोत्सवको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित विशेष समारोहका बीच पुस्तक सार्वजनिक गरिउको हो ।


समारोहमा प्रसिद्ध लेखक प्रा. बिना पौडेल, लेखक एवं संस्कृतिविद् जगमान गुरुङ, भारतीय अर्थशास्त्री प्रसिद्ध लेखक डा विवेक देवरोंय र कमलकान्त दासले संयुक्त रूपमा पुस्तक विमोचन गरे । अमृतले भारतीय सेनामा कार्यरत रहँदाका विविध आरोह अवरोहलाई कृतिमा उतारेका छन् ।


कृतिमा विगतका घटनाको स्मरणमात्र छैन, ती घटनाले हृदयमा जन्माएको भावमाथिको दार्शनिक लेपनसमेत छ । यो उनको दोस्रो कृति हो । यसभन्दा अगाडि ०७८ मा उनको ‘एकान्त भीड’ कविता संग्रह बजारमा आएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया