‘सरी मम’ प्रति युवाकाे आकर्षण

समाधान संवाददाता २०८० भदौ १७ गते १४:५३

पोखरा ।
लागूऔषध दुव्र्यसन विरुद्धको जनचेतनामुलक शैक्षिक चलचित्र सरी ममको अहिले पोखरामा रहेका सिनेमा हल पार्टि प्यालेस र बिभिन्न स्कुल कलेजहरुमा प्रर्दशन भईरहेको छ ।


अहिले धेरै युवा युवतीहरु लागूऔषध दुव्र्यसनमा फसिरहेका छन् । उनिहरुलाई यस चलचित्रको माध्यमबाट जनचेतना फैलाई समाजमा असल नागरिक भई बाच्न र सुन्दर भविष्य निर्माण गर्नको लागि यस चलचित्रले टेवा पुग्ने कुरा चलचित्रका निर्माता बिनोद लामाले बताए ।


पोखरामा रहेका शिक्षकहरुले यस चलचित्र सरी ममले समाज र युवाहरुलाई सकरात्मक सन्देश दिएको र लागूऔषध दुव्र्यसनमा लागेका युवा युवतीहरुलाई त्यसबाट बच्न र आफ्नो सुन्दर भविष्य निर्माण गरि एक असल नागरिक भई बाच्ने प्रेणा यस चलचित्र सरी मम्ले दिएको कुरा बताउँदै यस्ता जनचेतनामुलक शैक्षिक चलचित्र आगामी दिनमा पनि निर्माण गर्न र समाजलाई सकरात्मक सन्देश दिन निर्मातालाई आग्रह समेत गरेका छन् ।

Advertisement


निर्माण पक्षका अनुसार यस सिनेमा हेर्नका लागि भदौ ६ गते देखि अहिले सम्म सोसल पब्लिक स्कुल , रेम्बो एकाडेमी होम्स , सितल ज्योती एकाडेमी , श्री कालिका नमुना मावि , भास्कर मेमोरीयल स्कुल , ग्लोबल कलेजिएट स्कुल , कास्की मोड्नाईज एकाडेमी , न्यु ग्यालेक्सी सेकेण्डरी स्कुल , हिल पौइन्ट सेकेण्डरी स्कुल , ह्यापी बोर्डिङ स्कुल कन्या मावि , कन्या क्याम्पस , शुभकामना विद्यालय , इस्टेप बाई इस्टेप मावि , मेट्रो पोलिटन एकाडेमी , न्याश्नल इन्भेन्टीभ स्कुल , नव प्रभात मावि , रामेश्वर मावि , नेपाल टुरिजम एन होटेल म्यानेजमेन्ट कलेज । सेन्ट फ्रान्ससिस स्कुल , पोखरा पब्लिक स्कुल , सिद्ध मावि , सिर्जना मावि , विभुती शिक्षा सदन , वालोदय मावि विद्यलयहरुलाई प्रर्दशन गरिएको छ ।


लागुऔषध विरुद्धको सन्देश दिने सिनेमा ‘सरी मम’ सिनेमाको निर्माता विनोद लामा खेमराज अधिकारी हुन् भने निर्देशन नवीन बोगटी रहेका छन् । यस सिनेमाका अभिनेता सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल, आरबी कटुवाल, बसन्त राज कुँवर , बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर आदिको अभिनय रहेको छ । यो भदौ महिना सम्म पोखरामा लागूऔषध दुव्र्यसन विरुद्धको अभियान संगै जनचेतनामुलक शैक्षिक चलचित्र देखाउने योजना रहेको निर्माता बिनोद लामा जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया