प्रियाको नयाँ गीत सार्वजनिक

समाधान संवाददाता २०८० भदौ १८ गते ११:०९

पोखरा ।
पोखराकी गायिका प्रीया गुरुङको ‘मनको भारी’ सार्वजनिक भएको छ । शनिबार यजम्रो इन्टरटेन्मेन्ट युटुबमार्फत उनको गीत सार्वजनिक भएको हो ।


ज्योति गुरुङको शब्दलाई अमित गुरुङले संगीत भरेका छन् । संगीत संयोजनसमेत अमितकै रहेको गीतको म्युजिक भिडियोमा प्रियाको अभिनय छ । पोखराको लेकसाइड एरियामा छायाँकन गरिएको म्युजिक भिडियोलाई सन्देश गुरुङले खिचेका हुन् । कमलबहादुर गुरुङको निर्देशन र सिनेमेटोग्राफी रहेको म्युजिक भिडियोबाट प्रिया आशावादी छिन् । म्युजिक भिडियोलाई टेकमान गुरुङले सम्पादन गरेका हुन् ।


यसअघि गुरुङ गीतमा आवाज दिएकी प्रिया पछिल्लो समय सांगीतिक क्रियाकलापमा सक्रिय छिन् । बिग आइकन र भ्वाइस अफ नेपाल जस्तो रियालिटी शोमासमेत सहभागिता जनाएकी उनी पोखराको ओपन सी ब्यान्डमा आबद्ध छिन् ।

Advertisement

तपाईको प्रतिक्रिया