लेउवासंघ १४ औं महाधिवेशन

अल्पकालीन र दीर्घकालीन योजना बनाउनेछुः ओझा

भीमपाणि बराल २०८० भदौ १८ गते १२:३२

लेखनाथ उद्योग वाणिज्य संघको भदौ २२ र २३ गते हुने १४ औं महाधिवेशबाट नयाँ नेतृत्व चयनका लागि हरेक कार्यकारी पद वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझाकाे उम्मेदवारी परेकाे छ । उनी हाडवयर व्यवसायी हुन् । ओझा लेखनाथ हाडवयर्स एसोसिएसनका संस्थापक अध्यक्ष हुन् । राजनीतिक पृष्ठभूमिका ओझा विनोद श्रेष्ठको समूहबाट उम्मेदवार बनेका हुन् ।


संघको वर्तमान कार्यसमितिको प्रथम उपाध्यक्ष मैले सिक्ने र सिकाउने संघको मान्यतालाई आत्मसात् गर्दै आगामी कार्यकालका लागि नियमानुसार नै वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । २०७२ मा कार्यसमिति सदस्य भएर सोही वर्ष लेखनाथ महोत्सवको उपसमिति संयोजक, सूचना प्रविधि उपसमिति संयोजक भएर पनि संघमा पुर्‍याएको योगदानका कारण कोषाध्यक्षमा निर्वाचित भएपछि प्रथम र द्वितीय उपाध्यक्ष हुँदै अहिले वरिष्ठ उपाध्यक्ष पदको चुनावी मैदानमा छु ।


‘सिर्जनशीलता, उद्यमशीलता र आर्थिक समृद्धि, आजको आवश्यकता’ भन्ने मूल नाराका साथ अघि बढिरहँदा मेरो सरल स्वभाव, सामाजिक सम्बन्ध र सबैलाइ न्यायोचित व्यवहार गर्ने भएर नै होला, मेरो अहिलेसम्मका यात्रा सफल भएका छन् । आगामी दिनमा पनि त्यसको न्याय गर्ने जिम्मा उद्यमी, व्यवसायी महानुभावहरुकै हो ।

Advertisement


रुपा गाउँपालिका २ मा जन्मथलो भई क्याम्पस पढ्ने उमेरदेखि नै व्यावसायिक क्षेत्रमा आउँदा संगालेका आरोह र अवरोहलाई आम व्यवसायीलाई सिकाउने गरी लामो समयदेखि लेखनाथ र पोखरालाइ कर्मथलो बनाउँदै गर्दा अब समाजका लागि पनि केही गर्रौं भन्ने भावनाले सामाजिक कार्य गरिरहेको नागरिक परोपकार समन्वय संस्था कास्कीको संस्थापक अध्यक्ष भएर कोभिड महामारीमा समेत सक्रिय थिएँ । संस्थालाई उचाइमा पु¥याउँदै सामाजिक कार्यमा आफूलाई उभ्याउन सफल भएकाले नै होला, मलाई साथ दिनेको कमी छैन ।


पेशाले हाडवयर व्यवसायी भए पनि मेरो लगानी सञ्चार क्षेत्र, निर्माण, शैक्षिक संस्था र अन्य धेरै सामाजिक संघ, संस्थामा छ । यस्तो संलग्नता भएकाले नै मलाई चुनाव जित्नुभन्दा पनि मैले गरेका प्रतिवद्धता पूरा गरेर आम व्यवसायीलाई आर्थिक रुपमा कसरी सक्षम बनाउन सकिन्छ भन्नेमा मेरो सोच केन्द्रित हुने गरेको छ । संस्थागत हितका सवालमा अहिलेसम्म गरेका कामका उपलब्धि र आगामी दिनमा संघले अल्पकालीन र दीर्घकालीन योजनालाई आगाडि सार्ने मेरो प्राथमिकता हो ।

Advertisement

व्यवसायीका समस्था धेरै छन्, त्यसमा पनि मुख्य समस्या पोके व्यापारीको हो । त्यसका लागि हामीले प्रयास नगरेको पनि होइन, तर कडाइका साथ लागू गर्न भने सकिने तर आगामी दिनमा स्थानीय सरकारसँग सहकार्य गरेर समस्यको न्यूनीकरण गर्ने अभियान रहिररने जानकारी गराउन चाहन्छु ।

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया