कागबेनी बाढी प्रभावितलाई मार्फा थकाली युवा संञ्जालद्धारा संकलित ५ लाख ६३ हजार राहत पालिकालाई हस्तान्तरण

समाधान संवाददाता २०८० भदौ २० गते १७:३३

मुस्ताङ—मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीका बाढी पीडितहरुको सहयोगार्थ संकलन गरिएको रकम मंगलबार पालिकालाई हस्तान्तरण गरिएको छ । मार्फा थकाली युवा संञ्जालकी अध्यक्ष सुकु हिराचनले बाढी प्रभावित क्षेत्रको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङ समक्ष ५ लाख ६३ हजार ६२० रुपैया रकमको चेक हस्तान्तरण गरिन् ।

मार्फा थकाली युवा संञ्जाल कास्की पोखराकी अध्यक्ष सुकु हिराचनको पहलमा स्वदेश तथा विदेशमा बसोबास गर्ने मार्फा थकाली समुदाय अन्तर्गतका मार्फा म्हने आमा समुह,मार्फा थकाली समाज ९काठमान्डौं० , मार्फा थकाली महिला समिति ९पोखरा० लगायत ५६ जना व्यक्तिहरुबाट मुस्ताङको कागबेनी बाढी प्रभावित क्षेत्रका पीडितहरुको सहयोगार्थ आर्थिक सहयोग संकलन गरेको थियो ।संञ्जालद्धारा संकलित आर्थिक राहत रकम हस्तान्तरण गर्न संञ्जालकी अध्यक्ष हिराचनसहित सदस्य निरु हिराचन पोखराबाट मुस्ताङ आएका थिए । उनीहरुले प्रभावित क्षेत्रको पालिका कार्यालयमा पुगेर स्थानीय तहको विपद् उद्दार राहत कोषमा जम्मा गर्न नगद उल्लेख गरिएको चेक हस्तान्तरण गरेका हुन् ।

राहत हस्तान्तरणका लागि नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकाली, मुस्ताङको घरपझोङ—मार्फाका गाउँ मुखिया एवं मिलिजुली युवा क्लवका अध्यक्ष सुर्यमान लालचन र गाउँमुखिया कविन्द्र ज्वाहारचन लगायतले संञ्जाललाई सहजीकरण गरेका थिए ।

Advertisement

संञ्जालद्धारा आयोजित राहत हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष डिकी गुरुङ, प्रमुख प्रशासकीयअ अधिकृत होमबहादुर थापामगर र लेखा अधिकृत अमृतप्रसाद रेग्मीको उपस्थिती रहेको थियो । सो अवसरमा संञ्जालकी अध्यक्ष सुकु हिराचनले संस्थाको पहल राहत सहयोग गर्ने व्यक्तिहरुको नाम वाचन गरेर सुनाएकी थिईन् ।

बाढी प्रभावित क्षेत्रका लागि राहत हस्तान्तरण लेखिएको ब्यानरमा हस्ताक्षर गर्दै वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले संञ्चालले संकलन गरी उठाएर हस्तान्तरण गरिएको रकम विपद् पीडितको उद्दारमा खर्च गरिने जानकारी दिए । उनले मुस्ताङसंग सम्वन्ध जोडिएर जिल्लाबाहिरबाट भौतिक उपस्थिती भएर सहयोग गर्ने मार्फा थकाली युवा संञ्जाललाई धन्यवादसहित आभार व्यक्त गरे ।

Advertisement

संस्थाकी अध्यक्ष हिराचनले प्राकृतिक विपदमा परेकाहरुको सहयोगका लागि संञ्जालले विगतदेखि आर्थिक राहत संकलन गरी सम्वन्धित क्षेत्रमा सहयोग गर्ने गरेको बताईन् । आपत र विपद्का बेला सहयोग गर्नुनै मानवीय धर्म हुने उल्लेख गर्दै अध्यक्ष हिराचनले बाढी प्रभावित क्षेत्रका लागि मानवीय राहत सहयोग लिएर आफुहरु यहाँसम्म आएको बताईन् ।

मार्फा थकाली युवा संञ्जाल कास्की पोखरा २०७२ सालमा स्थापना भएको हो । संस्थाले प्राकृतिक विपद्मा परेका व्यक्तिहरुको सहयोगका लागि निरन्तर समुदायमा रकम संकलन गरी राहत प्रदान गर्दैआईरहेको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया