एनप्याब्सन कास्कीमा पदस्थापन

समाधान संवाददाता २०८० भदौ २१ गते १२:५४

पोखरा ।
नेसनल प्याब्सन कास्कीको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन भएको छ । निर्वाचन समिति संयोजक तथा नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापन गराएका हुन् ।


अधिवेशनबाट अध्यक्षमा हेमन्त अधिकारी, उपाध्यक्ष मनकाजी गुरुङ, सचिवमा प्रेमराज अधिकारी, कोषाध्यक्षमा राजु केसी चुनिएका थिए । सदस्यमा रमेशराज पौडेल, अर्जुनप्रसाद अधिकारी, ज्ञानेन्द्रबहादुर थापा, अर्जुनप्रसाद पाण्डे, राजु कायस्थ, तोलाकान्त न्यौपाने, शिवराज पौडेल, सञ्जय पौडेल र हरिराज अधिकारी निर्वाचित भएका थिए ।


कार्यक्रममा निवर्तमान सचिव मनकाजी गुरुङले वर्तमान सचिव प्रेमराज अधिकारीलाई माइन्युट र निवर्तमान कोषाध्यक्ष रत्नाकुमारी गुरुङले वर्तमान कोषाध्यक्ष राजु कायस्थलाई चेक हस्तान्तरण गरे ।

Advertisement


नवनिर्वाचित अध्यक्ष अधिकारीले सबैलाई समेटेर संस्थालाई मजबुत बनाएर लैजाने प्रतिवद्धता जनाए । ‘निजी विद्यालयलाई तहसनहत बनाउन सरकारले एकपछि अर्को नीति तथा विधेयक ल्याउने गरेको छ’ उनले भने ‘यस्तो अवस्थामा संगठनमा आवद्ध सबै एकजुट भएर हिड्नुको विकल्प छैन ।’


एनप्याब्सनका केन्द्रीय सल्लाहकार ज्ञानेन्द्रमोहन भट्टराईले निर्वाचित नयाँ कार्यसमितिले संस्था गरिमा बढाउनेतर्फ लाग्नुपर्ने बताए । एनप्याब्सन गण्डकी प्रदेश अध्यक्ष रामबहादुर मोचीले अहिलेको संगीन घडिमा नयाँ कार्यसमिति आएको जनाउँदै जस्तासुकै समस्यालाई पार गर्न यो समिति समक्ष हुने बताए ।

Advertisement


अध्यक्षका प्रत्यासी केशवशरण पौडेलले संस्थाले दिएका हरेक जिम्मेवारी पूरा गर्न प्रतिवद्ध रहेको सुनाए । निर्वाचन समिति संयोजक एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समिति सदस्य तथा एन प्याब्सनका केन्द्रीय सदस्य रामबहादुर थापाले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया