पोखरामा विश्व मुटु दिवस मनाइने

समाधान संवाददाता २०८० असोज ११ गते १५:५४

पोखरा ।
विभिन्न तीन संघसंस्थाको सहकार्यमा आउदो शुक्रबार विश्व मुटु दिवस पोखरामा मनाइने भएको छ । हरेक वर्ष सेप्टेम्बर २९ तारिकका दिन विश्वभर यो दिवस मनाइने गरिन्छ । नेपाली मिति अनुसार आउँदो शुक्रबार अर्थात् असोज १२ गते पोखरामा स्वस्थ मुटु नेपाल, चरक मेमोरीयल हस्पिटल प्रालि र टाइगर ग्रुप अफ पोखरा नेपालको सहकार्यमा संयुक्त रुपमा दिवस मनाइने भएको आयोजक संस्था स्वस्थ मुटु नेपालका सदस्य ईन्द्रप्रसाद पौडेलले जानकारी दिन ।


उनका अनुसार आउदो शुक्रबार बिहान ७ बजे पोखरा ६ वैदाम स्थित क्याम्पिङ चोक (हल्लन चोक) देखि फिस्टेल गेटसम्म प्रभातफेरी निकालिने भएको छ । प्रभातफेरिमा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ । प्रभातफेरी फिस्टेल गेटमा पुगेर औपचारीक कार्यक्रममा परिणत हुनेछ ।


कार्यक्रममा स्वस्थ मुटु नेपालका अध्यक्षसमेत रहेका मनमोहन कार्डियो भास्कुलर सेन्टर, टिचिङ हस्पिटल (त्रिवि) काठमाडौमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा सृर्य देवकोटा सगै अन्यले मुटुरोग, यस्बाट बच्ने उपाए सगै मुटु स्वच्छ बनाउन दैनिक जीवनका गर्न पर्ने विविध पक्षका बारेमा जानकारी गराउने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया