लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा मुस्ताङमा

समाधान संवाददाता २०८० असोज ११ गते २०:४०

जोमसोम— लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा मुस्ताङ आएका छन् । पूर्व राज्यमन्त्री तथा तत्कालिन संविधान सभा सदस्य एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका डा. लामा पोखरा —जोमसोम हवाई मार्ग हुँदै बिहिबार जोमसोम आईपुगेका हुन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचे स्थित नालान्दा बुद्धिस स्कुलको एक कार्यक्रममा सहभागी हुन मुस्ताङ आएका हुँन् । डा. लामासंगै धाङथाङ टुल्कु रिन्पोर्छे सहित मुस्ताङको टुकुचे आईपुगेको नालान्दा बुद्धिस स्कुलकी प्रवन्ध निर्देशक बिमला तुलाचनले जानकारी दिईन् । शुक्रबार ७ वर्ष लगाएर निर्माण सम्पन्न भएको नालान्दा बुद्धिस स्कुलको नवनिर्मित छात्रावास भवनको समुद्घाटन गर्ने कार्यक्रम रहेको प्रबन्ध निर्देशक तुलाचनको भनाई छ । डा. ल्हारक्याल लामालाई विशेष अतिथिको रुपमा आमन्त्रण गरिएको उनले बताईन् ।
शुक्रबार स्कुल छात्रावास भवनको उद्घाटनपछि टुल्कु रिन्पोर्छे धाङथाङबाट दीर्घायु आर्शिवाद (वाङ) प्रदान गर्ने कार्यक्रम रहेको स्कुलकी प्रवन्ध निर्देशक तुलाचनले उल्लेख गरिन् ।
यसअघि पोखरा—जोमसोम हवाई मार्ग हुँदै मुस्ताङ आएका डा. ल्हारक्याल लामालाई नेकपा(माओवादी केन्द्र) मुस्ताङ जिल्ला ईञ्चार्ज कपिल लामा ,माओवादी केन्द्रका केन्द्रिय सदस्य टेकबहादुर विक र माओवादी केन्द्र मुस्ताङ जिल्ला संयोजक धिरेन्द्र ल्वागुनले जोमसोममा भेट गरेका थिए ।
फोटो क्याप्सन ः
तस्विरमा डा. ल्हारक्याल लामाको साथमा माओवादी केन्द्रका मुस्ताङ ईञ्चार्ज, संयोजक धिरेन्द्र ल्वागुन, केन्द्रिय सदस्य टेकबहादुर विक र माओवादी केन्द्रका लोमान्थाङ पालिका अध्यक्ष ढुक्के बिष्ट ।

Advertisement

तपाईको प्रतिक्रिया