लायन्स मेट्रोसिटीको आखाँ शिविर

समाधान संवाददाता २०८० असोज १६ गते ८:३०

लेखनाथ ।
लायन्स क्लव अफ लेखनाथ मेट्रोसिटीले पोखरा २९ को भण्डारढिकमा रहेका जनप्रकाश माविमा विद्यार्थी केन्द्रित आखाँ परिक्षण शिविर राखेको छ ।


सिविरमा पाँच सय १०विद्यार्थीले सेवा लिएका थिए भने १३ जना विद्यार्थीहरुको थप उपचारका लागि हिमालय आखाँ अस्पतालमा रिफर गरिएको छ ।


हिमालय आँखा अस्पताको प्राविधिक सहयोगमा संचालित शिविरको उद्घाटन गर्दै भिजन आई क्याप्पका कोडिन एडिसनल डिष्ट्रीक चिप भरतराज सिग्देलले आँखाको सुरक्षाका लागि समय समयमा आँखाको परिक्षण र मोवाईल तथा टिभी धेरै हेर्न नहुने सुझाव राखेका थिए ।

Advertisement


क्लवका अध्यक्ष सुरेन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक सुजन अधिकारी स्वागत मन्तव्य राखेका थिए भने रिजन एड्भाईजर नगेन्द्र बराल र रिजन चियर प्रसन कल्पना गुरुङले शिविरका उपलब्धीका बारेमा जानकारी दिएकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया