मुख्यमन्त्री पाण्डेले गरे कोरलानाकाको स्थलगत निरीक्षण

समाधान संवाददाता २०८० असोज १७ गते १८:३०
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे कोरलानाकाको स्थलगत निरीक्षण


जोमसोम— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको उपस्थितमा मुस्ताङको उत्तरी कोरलानाकामा बुधबार प्रदेश तथा जिल्ला सुरक्षा समन्वयको बैठक बसेको छ । प्रदेश स्तरीय सुरक्षा अन्र्तगत नेपाली सेना,सशस्त्र प्रहरी ,प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको उपस्थितमा प्रदेश तथा जिल्ला स्तरीय सुरक्षा समन्वयको दुई चरणमा अलग÷अलग बैठक बसेको होे । समन्वय बैठकमा एक चीन नीतिप्रति प्रतिवद्ध भई सीमा सुरक्षा तथा सीमानाकामा अवान्छित गतिविधि हुन नदिन विशेष सुरक्षा सजगता अपनाउने विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिए ।
सो अवसरमा प्रधानमन्त्रीको चीन भ्रमणसंगै उत्तरी नाकाहरु पून ःसंञ्चालन गर्ने मार्ग खुलीसकेकाले त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत बृहत छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक सापकोटाले उल्लेख गरे ।मुख्यमन्त्री पाण्डेसहितको टोलीमा संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली,प्रदेश सांसद विकल शेरचन र प्रदेश सांसद नम्डु गुरुङको विषेश उपस्थिती रहेको थियो ।यसका अलवा मुख्यमन्त्रीको टोलीमा प्रदेश तथा जिल्ला सुरक्षा निकाय र प्रदेश तथा जिल्ला स्थित सरोकारवाला कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो । मंगलबार कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी उपल्लो मुस्ताङ प्रस्थान गरेका मुख्यमन्त्री पाण्डेसहितको टोलीले बुधबार कोरलानाकाको स्थलगत निरीक्षण गरेको प्रेस संयोजक सापकोटाले बताए ।
मुख्यमन्त्री पाण्डेले कोरलानाकाको भ्रमण सकेपछि सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँहरुमा पुगेर स्थानीयको समस्या र प्रदेश सरकारबाट संञ्चालित विकास निर्माणका योजनाहरुका विषयमा जनताको आवाज सुन्ने काम भएको प्रेस संयोजक सापकोटाले बताए । प्रदेशका कार्यक्रम र जनसरोकारका विषयमा जानकारी हासिल गर्न मुख्यमन्त्रीसहित प्रमुख सचिव,प्रदेश योजना आयोगका उपाध्यक्ष लगायतले स्थानीइबासीसंग अन्तक्रिया गरेको प्रेस संयोजक सापकोटाको भनाई छ । सो अवसरमा स्थानीयको माग सुन्ने र प्रदेशबाट संञ्चालित योजनाहरुको कार्यान्वय र प्रभावकारिताका विषयमा छलफल भएको उनले बताए ।
मुख्यमन्त्री पाण्डेले लोमान्थाङ स्थित नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्टको निर्माणधिन भवनको समेत निरीक्षण गरेका छन् ।
यसअघि मुख्यमन्त्री पाण्डेले वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा साउन २८ गते आएको बाढीले क्षति पू¥याएको स्थानको स्थलगत अवलोकन गरेका हुन् । मुख्यमन्त्री पाण्डे समक्ष बाढी प्रभावित क्षेत्रमा सरकारको ध्यान जान नसकेको स्थानीयबासीले गुनासो गरेका थिए । मुख्य मन्त्री पाण्डेले स्थानीयबासी र स्थानीय तहका जनप्रतिनिधिहरुसंग बाढी प्रभावित क्षेत्रको पूननिर्माण र सहयोगका विषयमा अन्तक्रिया गरे । मुख्यमन्त्री पाण्डेले बाढी प्रभावित धार्मिक स्थल कागबेनी पून निर्माण र प्रदेशले आगामी दिनमा गर्ने सहयोगमा प्रदेश सरकार प्रतिवद्ध रहेको स्थानीयलाई आश्वस्त तुल्याए ।
मुख्यमन्त्री पाण्डेले थासाङ गाउँपालिकाको विभिन्न बाढी÷पहिरो प्रभावित क्षेत्रको समेत निरीक्षण गरेका थिए ।
मुख्यमन्त्री पाण्डेले बिहिबार मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गर्न लागेको प्रथम घरपझोङ कृषि तथा पर्यटन महोत्सव तथा घरपझोङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मुख्यमन्त्री पाण्डे ४ दिने मुस्ताङ भ्रमण सकेर शुक्रबार पोखरा फर्किने कार्यक्रम रहेको प्रेस संयोजक सापकोटाले बताए ।

तपाईको प्रतिक्रिया