एमाले प्रदेश कमिटीमा मुस्ताङबाट ४ जना निर्विरोध

समाधान संवाददाता २०८० असोज १७ गते २१:१५

जोमसोम—नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनमा मुस्ताङबाट ४ जना सदस्य प्रदेश कमिटी सदस्यमा निर्विरोध भएका छन् । एमाले गण्डकी प्रदेश कमिटीको कुल १६२ पद मध्ये २७ पदमा निविरोध हुँदा ४ जना सदस्य प्रदेश कमिटी सदस्यमा निर्विरोध भएका हुन् ।
मुस्ताङबाट एमाले प्रदेश कमिटी सदस्य अन्र्तगत जिल्ला भुगोल (खुल्ला)तर्फ हेमन्त शेरचन,संघीय निर्वाचन क्षेत्र (भूगोल)तर्फ ईन्द्रधारा बिष्ट,जिल्ला भूगोल (दलित)तर्फ तिलक विक र जिल्ला भूगोल (महिला) तर्फ शर्मिला गुरुङ निविैरोध भएका हुन् ।

तपाईको प्रतिक्रिया