बाँजागाजासहित सुरु भयो मुस्ताङको घरपझोङमा ३ दिने ‘कृषि तथा पर्यटन’ महोत्सव

सुन्दरकुमार थकाली २०८० असोज १८ गते १६:३७

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा प्रथम कृषि तथा पर्यटन महोत्सव बिहिबारदेखि सुरु भएको छ । समग्र मुस्ताङ जिल्लाकै कृषि तथा पर्यटन प्रर्वद्धन र विकास गर्ने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाले पहिलो पटक ऐतिहाँसिक घरपझोङ ‘कृषि तथा पर्यटन महोत्सव २०८०)को आयोजना गरिएको हो ।

घरपझोङ कृषि तथा पर्यटन महोत्सव सुभारम्भ अघि बाजागाजा,विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकीसहित मुस्ताङको पुथाङ एअरपोर्टदेखि जिल्ला प्रशासन कार्यालय हुँदै जोमसोम बजार परिक्रमा गर्दै घरपझोङ महोत्सव स्थलसम्म ¥याली प्रर्दशन गरिएको थियो । महोत्सव सफल पारौ,कृषि र पर्यटन प्रर्वद्धनमा हातेमालो गरौ भन्ने उद्घोषसहित निस्किएको विशाल महोत्सव ¥यालीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहभागिता जनाए ।

संघीय तथा प्रदेश सांसद,पूर्व संघीय तथा प्रदेश सांसदहरु,संविधान सभा सदस्यहरु,विभिन्न संघसंस्था,सुरक्षा निकाय,कर्मचारी,विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरु,विभिन्न गुम्बाहरुका लामाहरु,नागरिक समाज,पत्रकार र विभिन्न गाउँहरुबाट एकत्रित गाउँसमाजका नागरिकहरु लगायतले कृषि तथा पर्यटन महोत्सव ¥यालीमा उत्साहजन सहभागिता जनाएका छन् । कृषि तथा पर्यटन महोत्सव ¥याली घरपझोङ गाउँपालिका कार्यालय प्राङ्गणमा पुगेर टुङ्गिएको थियो ।

Advertisement

मुस्ताङकै ईतिहाँसमा पहिलो पटक घरपझोङ गाउँपालिका कृषि तथा पर्यटन महोत्सव सुरु गरेको हो । कृषि तथा पर्यटन महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भव्य समारोहकाबीच उद्घाटन गरे । यसैगरी मुख्यमन्त्री पाण्डेले घरपझोङ गाउँपालिकाको नवनिर्मित भव्य प्रशासकीय भवन र स्थानीय आपत्कालीन कार्य संञ्चालन केन्द्रको दुई वटा भौतिक संरचना अलग अलग रुपमा उद्घाटन गरे । घरपझोङ गाउँपालिकाले ७ करोड ५९ लाख लागतमा संघीय तथा प्रदेश सरकारको साँझेदारी भव्य ४ तले प्रशासकीयउ भवन निर्माण गरेको हो । यसैगरी घरपझोङगाउँपालिकाले ४८ लाख लागतमा ३ तले आपतकालीन भवन निर्माण गरेको हो ।


कार्यक्रममा संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली,प्रदेश सभा सदस्य विकल शेरचन,संविधान सभा सदस्य श्रीमाया थकाली,प्रजिअ जनकराज पन्त,थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचन,उपाध्यक्ष जमुना थकाली,नागरिक समाजका अगुवा चन्द्रबहादुर थकाली लगायतका महोत्सव सफलताको शुभकामना दिए ।

Advertisement

घरपझोङ प्रथम कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि र पर्यटनको विकास हुन नसके आर्थिक समृद्धि हासिल नहुँने उल्लेख गरे । धार्मिक पर्यटनलाई लक्ष गरी गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटन अघि बढाउन खोजेको मुख्यमन्त्रीको भनाई थियो । मुख्यमन्त्री पाण्डेले पर्यटन विकासका लागि मुस्ताङमा केन्द्रित गरी उपल्लो मुस्ताङको किम्लिङमा साहसिक खेल मैदान र वारागुङ मुक्तिक्षेत्र —२ मा पर्वतीय खेल पूर्वााधार निर्माण गर्न समन्वय पहल गरेको बताए । ‘धार्मिक क्षेत्र पहिचान गरी विकास गर्ने लगायतका काम गर्न अग्रसर छौं,यसका लागि प्रदेशले नीति तथा कार्यक्रममा बजेटको सुनिश्चिता गरेको छ,’मुख्यमन्त्री पाण्डेले भने,मनाङ,मुस्ताङ र गोर्खा जिल्लालाई अन्य जिल्ला सरह विकासको मुल प्रवाहमा लैजाने लक्ष्य छौ,यसका लागि प्रदेश सरकारले विकासको मोडेल तयार गर्दैछ ।’

मुख्यमन्त्री पाण्डेले उत्तरी कोरलानाका चाँडै खुल्ला हुँने बताए । कोरलानाकाबाट सहज रुपमा हुने व्यापारिक गतिविधिलाई अघि बढाउने बताए ।कोरलानाकाको स्थलगत भ्रमण सकेर जोमसोम फर्किएका मुख्यमन्त्री पाण्डेले चीनले आफ्नो क्षेत्रमा ठुला ठुला भौतिक संरचना निर्माण गरेको र नेपालतर्फ कुनै पूर्वाधार निर्माण नहुँदा लज्जबोध भएको सुनाए । कोरलानाकामा नेपालले संघीय सरकार मार्फत समन्वय गर्दै नाका खोल्न र पूर्वाधार निर्माण गर्न अपनत्व लिने मुख्यमन्त्री पाण्डेले उल्लेख गरे ।

मुख्यमन्त्री पाण्डेले राष्ट्रिय गौरवको कोरला सडकखण्डमा केही ढिलासुस्ती भएको र त्यसलाई गति दिन आवश्यक रहेको औल्याए । संघीय सरकारबाट संञ्चालित कोरला सडकलाई प्रदेश सरकारले पहलकदमी गरेर समन्वयकारी भूमिका निर्वाह गर्ने मुख्यमन्त्री पाण्डेको भनाई थियो । मुख्यमन्त्री पाण्डेले कृषि क्षेत्रको समन्नुत विकासका लागि भनेर मुस्ताङमा स्याउ खेती विस्तारमा अनुदानका कार्यक्रम ल्याएको बताए । पछिल्लो समय जलवायु परिवर्तनका असरले हिमाली क्षेत्रहरुलाई प्रत्यक्ष असर पारेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले जलवायु न्यूनिकरणका लागि विश्वमञ्चमा नेपालले आवाज बुलन्द गर्नुपनै बताए ।

घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङको पर्यटन तथा कृषि क्षेत्रको समन्नुत विकास र प्रर्वद्धनका लागि महोत्सव आयोजना गरिएको बताए । कृषि पर्यटन व्यवसायीहरुबाट स्थानीय सरकारले राजश्व संकलन गर्ने गरेको र उनीहरुको उत्थान ,विकास र व्यापार प्रर्वद्धनमा स्थानीय तहले अपनत्व ग्रहण गरेको गाउँपालिका अध्यक्ष लालचनले उल्लेख गरे ।


महोत्सव उद्घाटन समारोहमा मुस्ताङका विभिन्न धार्मिक तथा सांस्कृतिक नृत्य तथा प्रस्तुतीहरु प्रस्तुत गरिएको छ ।
घरपझोङ प्रथम कृषि तथा पर्यटन महोत्सव ३ दिनसम्म संञ्चालन हुँने बताईएको छ । यसका लागि घरपझोङ गाउँपालिकाको आपतकालीन भवनमा कृषि उपज सामाग्रीहरुको स्टल र प्रर्दशनी गरिएको छ भने सोही भवनमा जनहित विद्यालय अन्र्तगतका प्राविधिक धारका विद्यार्थीहरुले सृजना गरेको वैज्ञानिक सामाग्री समेत प्रर्दशनीमा राखिएको छ । यस्तै, घरपझोङ गाउँपालिका प्राङ्गणमा मुस्ताङमा उत्पादित तथा प्रशोधित कृषि उत्पादनको विभिन्न सामाग्री प्रर्दशनी र विक्री कक्ष राखिएको छ ।

महोत्सवमा मुस्ताङमा पालन गरिने याकचौरी र भेडाच्यांग्राको सुकुटी,फापरको ढिडो,लोकल उवाको रक्सी लगायत विभिन्न स्वादिस्ट परिकारहरु उपलब्ध गराईएको छ । महोत्सव अवधिभर मेला अवलोकन गर्ने पर्यटकहरुलाई गाउँपालिकाका विभिन्न पर्यटकी गन्तब्यहरुको जानकारी गराईने छ भने गाउँपालिकाले प्रवाह गर्ने सेवाहरुको सूचना केन्द्र स्टल राखिएको छ । महोत्सवमा याकचौरी र घोडामा चढेर फोटो खिच्ने र फरक अनुभुती लिन पाउँने व्यवस्था समेत गरिएको छ ।

कृषि तथा पर्यटन महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुबाट लोक दोहोरी साँझ आयोजना गरिने छ । खेलकुद तर्फ तारो हान्ने खेल र खुल्ला भलिबल प्रतियोगिता संञ्चालन हुँने बताईएको छ ।घरपझोङ गाउँपालिकाले कृषि तथा पर्यटन महोत्सवमा ३० लाख खर्च हुँने र विभिन्न स्रोतबाट ३० लाख आम्दानी हुँने प्रक्षेपण गरेको छ । महोत्सवमा करिव एक दर्जन व्यापारिक स्टलहरु राखिएको छ ।

फोटो फिचर ः घरपझोङ प्रथम कृषि तथा पर्यटन महोत्सवको तस्विरहरु ।सुन्दरकुमार थकाली

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया