चौथो खुल्ला भलिबल प्रतियोगिताको उपाधि चापाकोट स्याङ्जालाई

समाधान संवाददाता २०८० असोज १९ गते ९:५९

जोमसोम—मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङमा बिहिबार सम्पन्न चौथो खुल्ला भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाको चापाकोट टिमले जितेको छ ।स्याङ्जाको चापाकोटले तनहुको शुक्ला गण्डकीलाई (३—२)को सेटमा हराउँदै उपाधि रक्षा गरेको हो

धौलागिरी युवा क्लव कोवाङद्धारा आयोजित चौथो खेलकुद महोत्सव असोज १० गते सुरु गरिएको थियो। निरन्तरको वर्षाका कारण २ दिन ढिलो गरि सम्पन्न भएको थियो ।मुस्ताङसहित विभिन्न जिल्लाबाट भलिबल टिमको सहभागिता रहेको थियो । खुल्ला भलिबलमा शुक्ला गण्डकी (तनहु),चापाकोट (स्याङ्जा), भोर्ले (पर्वत),जिल्ला प्रहरी कार्यालय मुस्ताङ,मिलिजुली युवा क्लव (मार्फा) र आयोजक धौलागिरी युवाक्लव (कोवाङ)ले प्रतिस्पर्धा गरेका थिए ।
खुल्ला भलिबल प्रतियोगिताको सेमी फाईनल खेलमा शुक्ला गण्डकी तनहु भर्सेस जिल्ला प्रहरी कार्यालय र चापाकोट स्याङ्जा भर्सेस भोर्ले पर्वत आमने सामने भएका थिए । शुक्ला गण्डकी तनहुले जिल्ला प्रहरी कार्यालयलाई र चापाकोट स्याङ्जाले भोर्ले पर्वतलाई सेमी फाईनलमा हराउँदै फाईनलमा पुगेका थिए ।
योसंगै खुल्ला भलिबलमा च्याम्पियन चापाकोट स्याङले नगद १ लाखसहित शिल्ड,मेटल,ट्रफी र प्रमापत्र हात पा¥यो । उपविजेता शुक्ला गण्डकी तनहुले नगद ५५ हजारसहित शिल्ड मेडल ,ट्रफी र प्रमापत्र पाए । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी शक्ला गण्डकीका रेशम छन्त्याल घोषित भए । उनले नगद ३ हजारसहित मेडल र ट्रफी पाए ।

यसैगरी सादा तारा खेलतर्फ धौलागिरी (संयुक्त) च्याम्पियन बनेको छ । घरपझोङ—५ ठिनीको जनमुक्ति युवाक्लव उपविजेता बन्यो ।योसंगै ,सादा ताराको च्याम्पियन धौलागिरी (संयुक्त)ले नगद ४१ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र पायो । उपविजतेता जनमुक्ति युवाक्लवले नगद २१ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र हात पा¥यो । सादा तारातर्फ धौलागिरी युवाक्लवका सञ्चित शेरचन सर्वोउत्कृष्ट खेलाडी बने । सादा तारा खेलमा कुल १७ टिमको सहभागिता रहेको थियो ।
यसैगरी खुल्ला आर्चरी प्रतियोगितामा म्याग्दीको शिख टिम च्याम्पियन बन्यो भने म्याग्दीको एबिसी क्लव दाना उपविजेता भयो । कुल १० टिमको सहभागिता रहेको आर्चरी प्रतियोगितामा सर्वोउत्कृष्ट खेलाडी एबिसी दानाका तुलमान तिलिजा सर्वोउत्कृष्ट खेलाडी घोषित भए । आर्चरीको च्याम्पियन शिख टिमले नगद ५० हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र जित्यो भने उपविजेता एबिसी दानाले नगद ३० हजारसहित शिल्ड ,मेडल र प्रमाणपत्र जित्यो ।
खुल्ला नृत्य प्रतियोगितातर्फ दिप ज्योती क्लव कोवाङ खन्ती प्रथम र जनआदर्श माध्यामिक विद्यालय दोश्रो भए ।उनीहरुलाई नगदसहितको पुरस्कारले पुरस्कृत गरिएको थियो ।
आन्तरिक खेलकुदको विकास तथा प्रर्वद्धन गर्ने उद्देश्यले धौलागिरी युवाक्लव कोवाङले लगातार चौथो संस्करणसम्म खुल्ला खेल महोत्सव संञ्चालन गर्न सफल भएको क्लवका सचिव सोजन हिराचनले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया