घरपझोङका जनप्रतिनिधि चौरीमा चढेर पर्यटन प्रर्वद्धन गर्दै

समाधान संवाददाता २०८० असोज १९ गते १८:१४

जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकाका जनप्रतिनिधिले चौरी चढेर पर्यटन प्रर्वद्धन सुरु गरेका छन् । घरपझोङ गाउँपालिकाद्धारा बिहिबार देखि सुभारम्भ गरिएको ३ दिने कृषि तथा पर्यटन महोत्सवमा सो गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकालीले संयुक्त रुपमा चौरीमा चढेर पर्यटन प्रर्वद्धनका लागि योगदान पू¥याएका हुन् ।
मुस्ताङमै पहिलो पटक आयोजना गरिएको बृहत कृषि तथा पर्यटन महोत्सव घरपझोङ गाउँपालिकाले कृषि र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरेको हो । मुस्ताङमा उत्पादित रैथाने अर्गानिक कृषि उत्पादनको प्रर्दशनी,प्रचार प्रसार र बजारिकण तथा मुस्ताङ जिल्लाको ऐतिहाँसिक,धार्मिक,सांस्कृतिक विविधता महोत्सवमा मार्फत पस्किएर बढी भन्दा बढी पर्यटन भित्र्याउन कृषि तथा पर्यटन महोत्सव आयोजना गरिएको हो ।

मुस्ताङको पशुपालन व्यवसायतर्फ याकचौरी तथा भेडाच्यांग्रा पालन महत्वपूर्ण व्यवसायको रुपमा अपनाउँदै आईरहेको पाईन्छ । पारिस्थितिक प्रणालीमा समेत योगदान दिने हिमाली क्षेत्रको प्रमुख आर्यआर्जनको श्रोत मानिएका याकचौरी पालनलाई हिमाली संस्कृतिको रुपमा उजागर गर्न खोजिएको हो । पालिका अध्यक्ष लालचन र उपाध्यक्ष थकालीले घरपझोङ गाउँपालिका लेखिएको वालमा याकचौरीमा चढेर तस्विर खिचाएका हुँन् ।
महोत्सवमा याकचौरीमा चढेर सयर गरेको प्रति पर्यटक ३ सय रुपैया शुल्क तोकिएको छ । महोत्सवमा घोडा चढ्न पाउने व्यवस्था पनि गरिएको उपाध्यक्ष जमुना थकालीले बताईन् ।
कृषि तथा पर्यटन महोत्सवमा मुस्ताङमा उत्पादित रैथानी फलफुल तथा तरकारी बालीको प्रर्दशनी तथा बिक्री कक्ष राखिएको छ । महोत्सव अवलोकन गर्ने पर्यटकका लागि अर्गानिक रैथानीबालीका परिकार खान पाउँने सुविधा उपलब्ध छ । महोत्सव मुस्ताङका दुर्लभ ऐतिहाँसिक तथा सांस्कृतिक भाडा वर्तन,भेषभुषा,पर्यटक सूचना केन्द्र,पर्यटकीय गन्तब्यहरुको जानकारी लगायतका विभिन्न स्टल राखिएको छ ।
घरपझोङको ३ दिने महोत्सवमा लोक दोहोरी साँझ,तारा खेल र खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया