विपद् उद्दारका सारथी शेरचनलाई घरपझोङको सम्मान

समाधान संवाददाता २०८० असोज २१ गते २०:३३

जोमसोम—विपद् उद्दारका सारथी ईन्द्रसिंह शेरचन सम्मानित भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका—२ नाउरिकोट घर भई म्याग्दीको दाना निवासी शेरचनलाई मुस्ताङको घरपझोङ गाउँपालिकाले विशेष सम्मान गरेको हो ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडकका सुपरभाईजर शेरचनले विपद् उद्दारमा पू¥याएको महत्वपूर्ण योगदानको उच्चसम्मान गर्दै मुस्ताङको घरपझोङ गाउँपालिकाले प्रथम कृषि तथा पर्यटन महोत्सवको अवसरमा शनिबार सम्मान गरेको हो ।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकालीले विपद् उद्दारका सारथि शेरचनलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए । सम्मानपछि बोल्दै शेरचनले गाउँपालिकाको सम्मानले आफुलाई अझै थप जिम्मेवारी बोझ थपिएको बताए । उनले आफु सधै मानवीय कर्ममा लाग्ने प्रतिवद्धता समेत जनाए ।
बर्खायामको प्रतिकुलमा मौसममा सडक असहजता ,बाढी पहिरो र नदी कटानले सडक अवरुद्ध सवारी साधन र यात्रुहरुको उद्दार र सहयोगमा उल्लेखनीय भूमिका निभाउँदै आईरहेका छन् । उनी विगत ६ वर्षदेखि बेनी—जोमसोम—कोरला सडक आयोजनामा काम गर्दैआईरहेका कर्मचारी हुन् । उनले बेनी—जोमसोम सडक अवरुद्ध यात्रुहरुलाई काँधमै बोकेर भएपनि उद्दार गर्ने गरेका छन् । सडक निर्माणको सहजीकरणको जिम्मा पाएको शेरचनले आफ्नो जिम्मेवारीको कार्यक्षेत्र भन्दा माथि रहेर मानवीय सेवा गर्दैआईरहेको छन् ।
जस्तोसुकै आपत् विपद् पनि टुप्लुक्क उपस्थित भई उद्दारमा खटिने शेरचन म्याग्दी र मुस्ताङमा लोकप्रिय छन् । सडकको अवस्था र सहजकीकरणका लागि संम्वन्धि व्यक्तिहरुले उनीबाटै सूचना प्राप्त गर्ने गर्छन् ।
यतिमात्र होईन शेरचनले यसअघि हिमाल आरोह गर्न गएका विदेशीहरु प्रतिकुल मौसममा वेपत्ता हुँदा खोजीकार्य र उद्दारमा सरिक हुने गर्छन । मुस्ताङको थासाङ स्थित सानुसरे पहाडमा जहाज दुर्घटना हुँदा सबै भन्दा खटिने उनै थिए ।
मुस्ताङ र म्याग्दीमा विभिन्न संघंसंस्था र प्रशासनिक निकायबाट दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसकेका विपद् उद्दारका सारथी शेरचनले गतवर्ष राष्ट्रपतिबाट समेत पदकसहित सम्मानित भएका हुन् ।
शेरचन,पर्यटन व्यवसायी र पर्वतारोही समेत हुन् ।

तपाईको प्रतिक्रिया