मुस्ताङी लोकल स्याउ प्रर्दशनीमा सम्ले गाउँ प्रथम

समाधान संवाददाता २०८० असोज २३ गते १९:४४

जोमसोम— मुस्ताङी स्थानीय जाँतको लोकल स्याउ प्रर्दशनीतर्फ घरपझोङ गाउँपालिका—५ को सम्ले गाउँका कृषकहरुले प्रथम र द्धितिय स्थान हासिल गर्न सफल भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको प्रथम कृषि तथा पर्यटन महोत्सव अन्र्तगत भएको कृषि मेला प्रर्दशनीमा सम्ले गाउँको स्याउले प्रथम र द्धितिय स्थानमा पर्न सफल भएको हो ।

झन्डै ५० वर्ष अघि मुस्ताङमा स्थानीय जातको लोकल स्याउ खेती सुरु गरिएको थियो । तत्कालीन शीतोष्ण बागवानी विकास अधिकृत बुद्धिरत्न शेरचनको अभियानमा मुस्ताङमा त्यसबेला स्थानीय लोकल स्याउ खेती सुरु गरिएको थियो ।

सुरुवा विरुवा रोपणको वर्षदेखि फल दिन ४÷५ वर्षसम्म लाग्ने लोकल स्याउको बोटले पर्याप्त मात्रामा फल दिने गर्छ । निकै लामो र दिर्घकालसम्म फल दिन क्षमता राख्ने यहाँको लोकल स्याउले यहाँका कृषि व्यवसायतर्फको अर्थतन्त्र माथि उकास्न महत्वपूर्ण भूमिका खेलेको छ । यसको बोट करिव २० फिटसम्म अग्लो हुन्छ र बोटमा लटरम्म स्याउ फल दिन्छ । पछिल्लो समय ईटालीबाट आयात गरिएको उच्च घनत्व प्रविधिमा आधारित हाईब्रिट स्याउको खेतीतर्फ पनि आर्कषण बढेको पाईएको छ ।

Advertisement

असोज १८ गतेखि संञ्चालन भएको कृषि तथा पर्यटन महोत्सव २०८० शनिबार समापन भएको हो ।कृषि तथा पर्यटन क्षेत्रको प्रचार प्रचार,प्रर्वद्धन र बजारिकणका लागि टेवा पू¥याउने उद्देश्यले कृषि प्रर्दशनीतर्फ ७ वटा विधामा कृषकहरुबीच प्रतिस्पर्धा गराईएको थियो ।

जसमध्ये स्थानीय लोकल स्याउतर्फ घरपझोङ—५ सम्ले गाउँका कृषक शान्ति गुरुङ प्रथम र द्धितिय स्थान श्यामलाल गुरुङले हासिल गरेको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिए । प्रथम र द्धितिय स्थान हासिल गरेसंगै उनीहरुले नगद ५ हजार र ३ हजार पुरस्कारसहित प्रमाणपत्र पाएका छन् ।

Advertisement

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकालीले नगद तथा प्रमाणपत्र हस्तान्तरण गरे ।

यसैगरी उच्चघनत्व प्रविधिको स्याउ खेतीतर्फ घरपझोङ—५ कै चिम्ले अचार्ड फर्म प्रथम भएको छ । कृषि प्रर्दशनीतर्फको निर्णायकमा शीतोष्ण बागवानी विकास अधिकृत मार्फाका पद्मनाथ आत्रेय, कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटी र स्याउ जोन मुस्ताङका प्रतिनिधि थिए ।

तपाईको प्रतिक्रिया