मुस्ताङमै महँकियो च्यांग्रा,रोज्जाको ५५ हजारसम्म

समाधान संवाददाता २०८० असोज २५ गते ९:३४
कोरला बोर्डर नखुल्दा मुस्ताङमै महकिए भेडा च्यांग्रा । जोमसोममा डोल्पा र उपल्लो मुस्ताङबाट भित्रिएका भेडा च्यांग्रा । तस्विर ःसुन्दरकुमार थकाली ।

जोमसोम— यसवर्ष पनि दशै लक्षित भेडा च्यांग्रा मुस्ताङमै महकिएका छन् । कोेभिड तथा सुरक्षा संवेदनशीलताका कारण छिमेकी देश चीनले उत्तरी कोरलानाका विगत ४ वर्षदेखि बन्द गर्दा बर्सेनि मुस्ताङमा भेडा च्यांग्रा भाउ महकिएको हो ।
मुस्ताङमा दशै लक्षित भेडा च्यांग्रा जोमसोम आउन थालेका हुन् ।तर, बर्सेनि भेडा च्यांग्रा झर्ने क्रम घट्दै गईरहेको छ । मुस्ताङमा यसवर्ष दशै लक्षित भेडा च्यांग्रा करिव ७ हजारदेखि ८ हजारसम्म बाहिरिने अनुमान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमका पशु चिकित्सक लालमणी आचार्यले जानकारी दिए । जोमसोममा करिव ३८ सय भेडा च्यांग्राको पशु निरोगिताको प्र्रमाणपत्र उपलब्ध गराईएको अरु थप १ हजार भेडा च्यांग्रा सम्पर्कमा आएको पशु चिकित्सक आचार्यले बताए । मुस्ताङमा डोल्पा र उपल्लो मुस्ताङबाट भेडा च्यांग्रा मुस्ताङ सदरमुकाम जोमसोम झरेको पशु चिकित्सक आचार्यको भनाई छ ।
मुस्ताङमा गत वर्ष र अघिल्लो आर्थिक वर्षमा दशै लक्षित भेडा च्यांग्रा कम आएको बताईएको छ । ‘नाका खुलेको छैन,नितान्त डोल्पा र मुस्ताङका मात्र च्यांग्रा सम्पर्कमा आएका हुन् ,पशु चिकित्सक आचार्यले भने,‘बुधबारसम्म ५ हजार जती च्यांग्रा मुस्ताङबाट बाहिरिएको छ,अब आउने क्रम कम भईसकेको छ ।’
यसपटक भेटेरिनरी अस्पतालका पशु चिकित्सक आफै फिल्डमै खटिएर पशुचौपायाको निरीक्षण गरेका छन् । विगतका वर्षहरुमा कार्यालय पुगेर भेडा च्यांग्राको निरीक्षण नगरी पशु निरोगिताको प्रमाणपत्र दिने गरिएको थियो । अस्वस्थ्य भेडा च्याग्रा उपचार गरेर पछि बिक्री गर्न सुझाव दिएको पशु चिकित्सक आचार्यले उल्लेख गरे ।मानव स्वास्थ्य माथि प्रतिकुल हुने भएकाले फिल्डमै भेडा च्यांग्राको अनुगमन गरिएको उनले बताए ।
उपल्लो डोल्पा र उपल्लो मुस्ताङका पशुपालकले व्यवसायिक रुपमा भेडा च्यांग्रा पालन गर्ने गरेका छन् । चाईना बोर्डर विगत ४ वर्षदेखि बन्दा हुँदा भेडा च्यांग्राका पाठापाठी मुस्ताङ ल्याउन पाएका छैन । तिब्बतबाट पाठा पाठी ल्याएर वयस्क बनाएपछि मासुका लागि उपल्लो मुस्ताङका पशुपालकले जोमसोम ल्याउथे । मुस्ताङका सीमित पशुपालकले पालेका भेडा च्यांग्रा दशै पर्वको माग थेग्न मुश्किल छ ।

बोडैर नखुल्दा भेडा च्यांग्राको मुल्य आकाशिएको लोमान्थाङ —१ छोसेरका पशुपालक व्यापारी आङ्गेल गुरुङले जानकारी दिए । सरकारले कोरलानाकाको चाईना बोर्डर खुल्छ भन्ने हल्लाले च्याग्रा व्यापारीहरु बिचल्लीमा परेको च्याग्रा व्यापारी गुरुङको भनाई छ । सरकारको कटाक्ष गर्दै च्यांग्रा धनी गुरुङले आक्रोस पोख्दै भने,‘ कोरला नाका खुल्ला खुल्छ भन्ने हल्ला गरियो,आखिरमा अहिलेसम्म खुलेन, च्यांग्रा धनी गुरुङले भने,‘ जनतालाई अल्मल्याउने सरकारको यस्तो नीति बेठिक छ ,जनतालाई नाका खुल्ने हल्ला गरेर अल्म्ल्याउने काम राम्रो होईन ।’

चीनको स्वशासित क्षेत्र तिब्बतको कोरलानाका खुलेको भए ५५ हजार पर्ने भेडा च्यांग्रा ३५ हजार पाईने छोसेरका च्यांग्रा धनी आङ्गेलको दावी छ । उनले कोरलानाका नखुल्दा ब्यापारीहरुले जोमसोममै ४२ हजारदेखि ५५ हजारसम्म भेडाच्यांग्रा खरिद गर्न बाध्य भएको च्यांग्रा धनी आङ्गेलले सुनाए ।
यसवर्ष च्यांग्रा खरिद गर्न आउने ब्यापारीहरु भीडभाड निकै कम रहेको छ । विगतका वर्षहरु मुस्ताङ बाहिरका ब्यापारीहरु भेडा च्यांग्रा खरित्न जोमसोम आउँदा च्यांग्रा व्यापारको रौनक बेग्लै प्रकार थियो । यसवर्ष च्यांग्रा ब्यापारको रौनक जोमसोममा देखिएको छैन । छिटफुट भेडा च्यांग्राका बथानहरु मुस्ताङ बाहिरिदै गरेका छन् ।
गत वर्ष र अघिल्लो आर्थिक वर्षमा करिव १०÷१२ हजार भेडाच्यांग्रा मुस्ताङ बाहिरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको दावी छ । यसवर्ष मुस्ताङमै २५ प्रतिशतले भेडा च्यांग्राको व्यापारमा हस आएको हो ।
कास्कीको माछापुच्छ«े गाउँपालिकाबाट भेडा च्यांग्रा खरिद गर्न मुस्ताङ आएका व्यापारी सुवास पौडेलले आफुहरु पशुपालकको गोठमै पुगेर भेडा च्यांग्रा खरिद गरेको जानकारी दिए । उनले च्यांग्रा खरित्न उपल्लो मुस्ताङको लोमान्थाङ,यारा,घारा ,ढि र सुर्खाङ लगायतका गाउँमा पुगेर पशुपालकको गोठका भेडा च्यांग्रा जोमसाम ल्याएको बताए । गतवर्ष पशुपालककै गोठमा प्रति गोटा ३२ हजारले खरिद गरेकोमा यसवर्ष ४० हजार मुल्य तिर्नु परेको पौडेलले बताए । उनले चाईना बोर्डर नखुल्दा च्यांग्राको मुल्य बर्सेनि वृद्धि भईरहेको सुनाए । ‘हामी गतवर्ष पनि च्यांग्रा लिन मुस्ताङ आएका थियौं, त्यसबेला भन्दा ज्यादै कम च्यांग्रा देखिएको छ ,उनले भने,‘ हामीले एउँटै च्यांग्रामा गतवर्ष भन्दा ५÷६ हजार मुल्य बढी ति¥यौ, पोखरा पू¥याउँदा ५० हजार त भन्नै पर्छ ।’
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ,लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका पशुपालकले भेडा च्यांग्रा पालन गर्दैआईरहेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार लोमान्थाङमा ५२ हजार भेडा च्यांग्रा पालन गरिएको छ । ६० वटा बढी च्यांग्रा फार्म छन् । औसत ५० भन्दा बढी घरधुरीले भेडा च्यांग्रा पालन गरेको कार्यालयको दावी छ ।
कोरला बोर्डर विगत ४ वर्षदेख ठप्प रहँदा मुस्ताङमा भेडाच्यांग्राको मुल्य ३ गुणा महकिएको हो । सहर बजारका उपभोक्ताले अनय समयमा बेसीकै खसीबोकाको मासु खाने गरेपनि दशै पर्वमा हिमाली क्षेत्रमा पालन गरिएका भेडा च्यांग्राको मासु खान रुचाउँनछन् । समुन्द्री सतहको ४ हजार मिटरको अग्लो उचाईमा पालन गरिने मुस्ताङका भेडा च्यांग्राको मासु स्वादिलो र स्वास्थ्यवद्र्धन हुने विश्वाश गरिन्छ । हिमाली चिसो भुगोलम पालन गरिएको भेडा च्यांग्राहरुले चरनक्षेत्रमा यार्सा गुम्बा,पाँचऔले,निरमसी,जटामसी,बन लसुन आदी वन्य जटीबुटी सेवन गर्ने भएकाले भेडा च्यांग्राको मासु स्वादिलो र पोषिलो हुने गर्छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया