उपल्लो मुस्ताङबाट विदेशी पर्यटकलाई हेली उद्दार

समाधान संवाददाता २०८० असोज २५ गते १३:४४

जोमसोम—उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ चराङबाट एक विदेशी पर्यटकको हेली उद्दार गरिएको छ । नेदरल्याण्डका पर्यटक ५८ वर्षीय एडमिन भिक्टर वेगर्टको बिहिबार दिउँसो १२ बजे काठमान्डौं हेलि उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
असोज २१ गते जोमसोम प्रहरी चेक पोस्टमा ईन्ट्री भएका नेदरल्याण्डका पर्यटक एडविन भिक्टरलाई स्वास्थ्यमा समस्या देखिएपछि कैलाश एअरको हेलीबाट काठमान्डौं उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङक प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए । उनी श्रीमती र एक जना पथ प्रर्दशक भरियासहित उपल्लो मुस्ताङ प्रस्थान गरेका थिए । भ्रमणको चौथोदिन स्वास्थ्यमा समस्या देखिएपछि उपल्लो मुस्ताङको चराङबाटै सिधै काठमान्डौं हेलि उद्दार गरिएको प्रहरीले जनाएको छ ।

यसअघि असोज २१ गतेदेखि २४ गतेसम्मको ३ दिनको अवधिमा हाईअल्टिच्युडका कारण ३ जना विदेशीले पर्यटकले ज्यान गुमाएका थिए ।जसमध्ये २ जना भारतीय र अर्को एक जना युक्रेनका पर्यटकले उपचारका क्रममा ज्यान गुमाएका थिए । ागत वर्ष मुस्ताङमा १० जना पर्यटकले हाईअल्टिच्युडका कारण ज्यान गुमाएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया