लोमान्थाङमा गुम्बा र स्कुललाई ७ करोड भारतीय सहयोग

समाधान संवाददाता २०८० कार्तिक २३ गते १३:२२

जोमसोम ।
भारतीय दूतावासले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाअन्तर्गत पर्ने १ गुम्बा र एक सरकारी विद्यालयको आवासीय भवन निर्माणका लागि ६ करोड ९७ लाख अनुदान सहयोग गर्ने भएको छ । लोमान्थाङ–१ स्थित निफुक नर्बुलिङ गुम्बाको आवासीय भवन र लोमान्थाङ–२ स्थित दिव्य दीप माध्यमिक विद्यालयको आावासीय भवन निर्माणका लागि उक्त अनुदान दिने भएको हो ।


नर्बुलिङ गुम्बा आवासीय भवनका लागि ४ करोड ४० लाख र दिव्य दीप विद्यालयको आवासीय भवनको लागत ४ करोड ३२ लाख लागत अनुमान गरिएको छ । जसमध्ये गुम्बा र स्कुलको आवासीय भवन निर्माण गर्न लोमान्थाङ गाउँपालिकाले २० प्रतिशत र भारतीय दुतावासले ८० प्रतिशत अनुदान सहयोग उपलब्ध गराउने गरी मंगलबार काठमाडौंमा सम्झौता भएको लोमान्थाङका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले जानकारी दिए ।


भारतीय दूतावासको सहयोग बन्ने २ आवासीय भवनको कुल लागत ८ करोड ७२ लाख रहे पनि लोमान्थाङ गाउँपालिकाले सम्झौता मुताविक १ करोड ७४ लाख ४० हजार व्यहोर्ने गरी सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यक्षको भनाइ छ । भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माण गरिने दुई आवासीय भवनको पूर्वाधारका लागि त्रिपक्षीय सम्झौता भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।

Advertisement


दूतावासका तर्फबाट प्रथम सचिव करुण बन्सेल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सम्झौतापत्रमा हस्ताक्षर गरे । २ आवासीय भवन निर्माणको काम १५ महिनामा सक्ने गरी समय निर्धारण गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया