आँपुभन्ज्याङमा नेपाल सम्वत ११४४ मनाइने

समाधान संवाददाता २०८० कार्तिक २४ गते १३:३५

लेखनाथ ।
लेखनाथ नेवाः खल र लेखनाथ मिस पुचको आह्वान र भीमसेन नेवा खलः लामगादीको आयोजनामा पोखरा ३० को आँपुभन्ज्याङमा नयाँ वर्ष वा नेपाल सम्वत ११४४ मनाइने भएको छ ।


नेवारी समुदायको भेष भुषा, भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष विभिन्न ठाउँमा मनाइँदै आएको नेपाल सम्वतलाई यो वर्ष साविक लेखनाथ नगर क्षेत्रका १० वटा इकाइहरुको सक्रिय सहभागितामा कात्तिक २६ गते संवत मनाउन लागिएको हो ।


नेपालको मौलिक संस्कृतिको रुपमा रहेको नेपाल संवत कात्तिक २८ गते परे पनि शुभ दीपावलीको अवसर पारेर साताव्यापी मनाउने चलन अनुसार यस वर्षको नेपाल संवत ११४४ को आयोजना पोखरा ३३ को भीमसेन नेवा खलःले गर्न लागेको इकाईका अध्यक्ष लीलबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

Advertisement


लेखनाथ नगर क्षेत्र भित्र रहेका बिभिन्न ९ वटा इकाइहरुको सहभागितामा पालैपालो मनाउँदै आएको नेपाल संवतलाई यस वर्ष कात्तिक २६ गते नेवार समुदायको भेष भेषा र संस्कृति झल्कने गरी आँपुभन्ज्याङदेखि लामगादीसम्म झाकी ¥याली सहितको नेपाल संवत न्यू दया भिन्तुना मनाउन लागिएको ईकाईका सहसचिव बलबहादुर श्रेष्ठले जानकारी गराएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया