थोरङ्ला हाईक्याम्पबाट विदेशी नागरिकको उद्दार

सुन्दरकुमार थकाली २०८० कार्तिक २६ गते १८:४७

जोमसोम—राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग गर्ने क्रममा मनाङबाट थोरङ्पास हुँदै मुस्ताङतर्फ आउँदै गरेका एक विदेशी नागरिकको आईतबार मुस्ताङ प्रहरीले उद्दार गरेको छ ।
अन्नपूर्ण पदमार्गको टे«किङ ट्रेल गर्दैआईरहेको अवस्थामा ४८ वर्षीय नागरिक लरेन्स चन्चोय मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—२ थोरङलापास हाईक्याम्पमा अत्यधिक चिसोका कारण अशक्त भई बिरामी परेका थिए । उनलाई ईलाका प्रहरी कार्यालय मुक्तिनाथको प्रहरी टोलीले उद्दार गरेको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

मुस्ताङको थोरङ्पास हाईक्याम्पमा विदेशी नागरिक अशक्त भई बिरामी परेको भन्ने सूचना प्राप्त गरसंगै प्रहरी टोली करिव दुई घण्टा पैदल हिडेर दिउँसो ४ बजे उक्त बिरामी भएको स्थानमा पुगेको थियो । प्रहरी टोलीले बिमारी विदेश नागरिक लरेन्स चन्चोयलाई अहिले जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।


मुस्ताङको थोरङ्पास हाईक्याम्प समून्द्री सतहको ४५ सय मिटरको अग्लो उचाईमा पर्छ । बिरामी लरेन्स चन्चोयसहित २ जना पर्यटकले मनाङ हुँदै मुस्ताङको टे«किङ ट्रेल निस्किएका थिए ।

Advertisement

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया