आफ्नै बुवालाई खुर्पा प्रहार गरी फरार व्यक्ति गिरफ्तार

समाधान संवाददाता २०८० कार्तिक ३० गते १२:२४

पाेखरा।

पोखरा १७ बिरौटामा  बुबा रामु क्षेत्रीलाई खर्पाले हानेर फरार रहेका छोरा रविन क्षेत्रीलाई प्रहरीले गिरफ्तार गरेकाे छ। बुबालाई खुर्पाले हानेपछि उपचारका क्रममा पाेखराकाे चरक मेमोरियल अस्पतालमा बुबा रामुकाे मुत्यु भएकाे थियाे ।

रविनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्ला पाल्पा स्थित प्रभासमा ग २० प ६०४७ नम्बरको मोटरसाइकलसहित नियन्त्रण लिएकाे हाे ।

Advertisement

२०८० कात्तिक २८ गते १२ बजेकाे  समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा  १७ बिरौटा गोधुली संसार पथ स्थित ५२ वर्षीय रामुलाई  छोरा २२ वर्षीय रविन क्षेत्रीले खुर्पा प्रहार गरी घाईते बनाई फरार थिए ।


उक्त  सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिई घाईतेलाई उपचारको लागि चरक मेमोरीयल अस्पतालमा पठाएकोमा साेही दिन बेलुका ५ बजे रामुकाे मृत्यु भएकाे थियाे ।

Advertisement

उनलाई नियन्त्रणमा लिई  कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाईएको कास्कीकाे डिएसपी श्रवणकुमार विकले जानकारी दिए । 

तपाईको प्रतिक्रिया