६६ युनिट रगत संकलन

समाधान संवाददाता २०८० मंसिर ३ गते १२:४८

पोखरा ।
कास्की कवाड व्यवसायी समिति (जिल्ला कवाडी संघ कास्की)ले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ६६ युनिट रगत संकलन भएको जिल्ला कवाडी संघ कास्कीका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।


नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभाका पूर्व सदस्य कृष्ण थापाले पोखरा आस पासको क्षेत्रमा रगत अभाव हुन नदिन संस्थाले उचित समयमा रक्तदान गरेको बताए ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति धर्मराज अधिकारी, मन्त्री सुरेन्द्र गुरुङ, उपमन्त्री रमा कोइराला, रेडक्रस सोसाइटी पोखरा ५ का सभापति राजु सुवेदी, जिल्ला सहरकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइराला, सूर्यचन्द्र विकास समाजका महासचिव हेमराज भण्डारी, जिल्ला कवाडी संघ कास्कीका उपाध्यक्ष सुरेशप्रसाद जैसवाल, इन्जिनियर बुद्धि अधिकारी, कार्यक्रम संयोजक रोहितकुमार चौधरी लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया