लेखनाथका व्यवसायीलाई कर शिक्षा

समाधान संवाददाता २०८० मंसिर ७ गते १२:२८

लेखनाथ ।
राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८० को अवसरमा लेखनाथ उद्योग वाणिज्य संघसँगको सहकार्यमा मंगलबार लेखनाथका व्यवसायीलाई करदाता शिक्षासहित अन्र्तक्रिया भएको छ । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले चालु आर्थिक वर्षको चौमासिकमा लक्ष्यभन्दा बढी कर संकलन गर्न सफल भएको बताए ।


कार्यक्रममा उद्योगी तथा व्यवसायीलाई करको दायरामा आउन आग्रह गर्दै करसम्बन्धी नयाँ नीति तथा कर तिरेवापत राज्यले दिने सुविधाको बारेमा जानकारी दिइएको थियो । उनले अर्थतन्त्रको शिथिलताका कारण कर संकलनमा चुनौती थपिएको बताए ।


लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष क्षत्रधर आत्रेयले स्थानीय तहबाट बनाइएका नीतिहरु व्यवसायीमैत्री हुन नसकेको गुनासो गरे । संघका वरिष्ठ सल्लाहकार लक्ष्मीप्रसाद त्रिपाठीले करको दायरमा आएका व्यवसायीलाई राज्यले करमाथि कर थोपर्ने गरेको जनाए ।

Advertisement


संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष बलराम ढकाल, महासचिव जानुका अधिकारी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया