जलेश्वर शिव मन्दिरमा ढुंगाना

समाधान संवाददाता २०८० मंसिर ७ गते १२:५४

लेखनाथ ।

जलेश्वर शिव मन्दिर व्यवस्थापन समिति पोखरा ३१ वेगनासताल गाईघाटको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले कृष्णप्रसाद ढुंगानाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ ।


बेगनासताल क्षेत्रमा धार्मीक पर्यटन प्रवद्धनमा सहयोग पुग्ने गरी स्थापना गरिएको मन्दिर व्यवस्थापन समितिको उपाध्यक्षमा सीता कार्की, सचिव वीरेन्द्र पौडेल र कोषाध्यक्षमा नीरबहादुर बराल छन् । समितिका सदस्यमा कल्पना अधिकारी, मेनुका वास्तोला, वसन्तराज ढकाल, तिलकप्रसाद तिवारी, शालिकराम लामिछाने, सुधा थापा, मोतीराम तिमिल्सेना, दुर्गादेवी अधिकारी र शान्ति कोइराला रहेको निर्वाचन संयोजक राममणि अधिकारीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया