माछापुच्छ्रे बैंककाे अध्यक्षमा केसी

समाधान संवाददाता २०८० मंसिर ८ गते ११:२५

पोखरा ।
माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको ४९१औं सञ्चालक समितिको बैंठकले केसीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।


उनी अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए । उनी युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवं अन्य क्षेत्रहरूमा पनि आबद्ध छन् । उनी यसअघि २०७४ वैशाख १४ देखि २०७५ पुस २० सम्म पनि बैंकका अध्यक्ष थिए ।

Advertisement

तपाईको प्रतिक्रिया