दुर्गा प्रसाइको समर्थनमा पोखरामा युवाको समर्थन सभा

समाधान संवाददाता २०८० मंसिर ८ गते १६:२२

पोखरा ।
राजा आउ देश बचाउ भन्दै नागरिक अभियान चर्काएका दुर्गा प्रसाइलाइ समर्थन गर्दै आज पोखरा पनि केहि युवाहरुले नारावाजी गरेका छन् । स्वतन्त्र यृवा समुह कास्कीकोे नेतृत्वमा पृथ्वीचोकमा युवाहरुले र्याली प्रदर्शन गरे ।


युवा समूहका संयोजक राजेश थापा का अनुसार, स्वतन्त्र रुपमा नागरिक आवज बुलन्द पार्ने उद्देश्यले गत स्थानीय चुनाव लगत्तै कास्की का विभिन्न स्थानीयतहको प्रतिनिधित्व हुने गरि स्वतन्त्र युवा समूह गठन भएको हो ।


“हामी नाागरिक मुक्ति चाहन्छौं , जनताको स्वार्थ केन्द्रित शासन चाहन्छौं न की राजनीतिक दलको स्वार्थ,“ उक्त समुहले आज शुक्रबार दिउसो पृथ्वीचोकमा आयोजना गरेको नागरिक आन्दोलन समर्थन सभामा बोल्दै समूह संयोजक थापाले भने । उनका अनुसार, पोखरामा दुर्गा प्रसाइ समर्थन सभा क्रमीक रुपमा जारी रहनेछ ।

Advertisement


यस अघि पनि उक्त समुहले बिभिन्न समयमा बिद्रोह सभाहरु ऋायोजना गर्दै आइरहेको छ । यस अघिपनि गत वर्ष एमसिसिको बिरोधमा लेखनाथचोक मा यस्तै सभा आयोजना गरेको थियो ।


उक्त समुहले लघुवित्त पिडित, सहकारी पिडित लगायतका जनताको पक्षमा आवाज उठाउन कुनै कसर बाँकी नराखीने जनाएको छ । आज आयोजना गरिएको समर्थनसभामा पोखराका विभिन्न वडाका गरि करिव ५० जना युवाहरु सहभागि थिए ।

Advertisement

तपाईको प्रतिक्रिया