मणिपाल तोडफोड गर्ने १० जना अझै फरार

पोखरा ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सक कुटिएको घटनामा जिल्ला अदालत कास्कीले गरेको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन परेको छ । उच्च सरकारी वकिलको कार्यालयले चिकित्सक कुटपिट गर्ने ७ जनालाई धरौटीमा छाड्न जिल्ला अदालतले दिएको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएको हो ।
जिल्ला अदालतले ७ जनालाई पुर्पक्षका लागि पठाउने पर्याप्त आधार हुँदाहुँदै धरौटीमा छाडिएको भन्दै मंसिर ७ गते उच्च अदालत पोखरामा निवेदन परेको हो । उक्त निवेदन उपर आदेश गर्दै शुक्रबार उच्चका न्यायाधीश धनसिंह महराको इजलासले जिल्ला अदालतसँग कैफियत माग गर्ने आदेश गरेको उच्चका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विश्व अर्यालले जानकारी दिए ।
७ जना धरौटीमा छाडेको जिल्ला अदालतसँग उच्चले माग्यो कैफियत
‘चिकित्सकलाई हातपात गरेको विषयलाई लिएर जिल्ला अदालतमा मुद्दा पर्यो । उक्त मुद्दामाथि थुनछेक गर्दा २ जनालाई थुनामा पठाइयो र ७ जनालाई धरौटी छाड्न आदेश भयो । सोही आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयबाट निवेदन प¥यो । त्यो निवेदन उपर कैफियत माग गर्ने अन्तिम आदेश भएको हो,’ सूचना अधिकारी अर्यालले थपे, ‘आदेशमा किन छाडिएको हो ? कारणसहित कास्की जिल्ला अदालतसँग १५ दिनभित्र कैफियत माग गरिएको छ । प्रतिवेदन प्राप्त भएपछि त्यसपछि डिभिजन बेन्चमा जान्छ । डिभिजन बेन्चले थुनामा पठाउने वा नपठाउने अन्तिम आदेश गर्छ ।’
जिल्ला अदालतका न्यायाधीश धु्रवकुमार पियाको इजलासले असोज २६ गते चिकित्सकमाथि आक्रमण गर्ने २ जनालाई पूर्पक्षका लागि थुनामा पठाएको थियो । बाँकी ७ जनालाई धरौटीमा रिहाको आदेश भएको थियो । पियाको इजलासले विनय गुरुङ र छावा भनिने सुशील कार्कीलाई पुर्पक्षका लागि थुनामा र सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरूङ, अरुण गुरुङ, नीतेश गुरुङ, विवेक गुरुङ, मनीष थापा र प्रदीप गुरुङलाई जनही १ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । उक्त आदेश उपर उच्च अदालतमा निवेदन परेको हो ।
प्रहरी भन्छ– फरारको खोजी भइरहेको छ
अस्पतालमा उपचारका क्रममा असोज ८ गते दिउँसो १ बजे लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ५ की ५७ वर्षीय सुकमाया दुराको मृत्यु भएपछि चिकित्सक र मृतकका आफन्तबीच तनाव उत्पन्न भएको थियो । दुराको मृत्युपछि आफन्त आक्रोशित भए । उपचारमा चिकित्सकले लापरबाही गरेको आरोप लगाए । अस्पतालमा तोडफोड गरे । मृत्युको कारण खुलाउनुपर्ने माग गर्दै नाराबाजी गरे । त्यही भीडको निसानामा परे डा. अनिल शाह ।
पोखरा ८ का गौरव बराल, पोखरा २ का गिरे हिपप भनिने गिरबहादुर पुन, पोखरा १५ का प्रेमलाल पुन, पोखरा ६ का सागर परियार, पोखरा १७ का पशुपति भट्टराई, पोखरा ९ का हम्पे भनिने नवीन लामा, पोखरा ३ का सुजन अधिकारी, पोखरा १० का चुमन गुरुङ, पोखरा ११ का पागल अर्थात अशिष भनिने कार्लोस गुरुङ र पोखरा २३ का उत्तम भण्डारी अझै फरार छन् । ९ जनालाई कास्की प्रहरीले पक्रेर मुद्दा चलाएको थियो । तीमध्ये ७ जना धरौटीमा छुटे भने २ जना पुर्पक्षका लागि जेल परेका छन् ।
आक्रोशित भीडले अस्पतालमा भौतिक क्षतिसमेत पुर्याएको थियो । केही दिनपछि पीडितका आफन्त र चिकित्सक पक्षबीच अस्पताल प्रशासनको रोहबरमा ६ बुँदे सहमति भएको थियो । त्यसका बाबजुद कास्की प्रहरीले असोज ८ गते असोज १२ तथा अन्य मितिमा गरेर ९ जनालाई पक्राउ गरेको थियो । मणिपाल प्रकरणमा १९ जना दोषी देखिएपछि कास्की प्रहरीले जिल्ला अदालतबाट १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
हालसम्म ९ जनामात्र पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको थियो । अन्य १० जना भने अझै फरार रहेको कास्की प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । ‘उक्त प्रकरणमा जोडिएकामध्ये ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अदालत बुझाएको छ । अन्य १० जनाको खोजी भइरहेको छ,’ डिएसपी विकले भने ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया