शिशु स्याहार बैदामको सभा

समाधान संवाददाता २०८० मंसिर १० गते १०:४२

पोखरा ।

शिशु स्याहार पोखरा ६ बैदामको शनिबार १७ औं वार्षिक साधारण सभा भएको छ । सभाको उदघाटन गण्डकी प्रदेशकी सांसद देवका पहारीले गरिन् । सांसद पहारीले नेपालको शिक्षा नीति नै परिर्वतन गरी व्यावहारिक र प्रयोगात्मक बनाउनुपर्नेमा जोड दिइन् ।


अध्यक्ष संगीता बरालले विपन्न परिवारका रहेका सानासाना बालबालिकाहरुलाई सहारा दिएको जानकारी गराइन् । शिशु स्याहार केन्द्रबाट ८ सय ३५ जना बालबालिकालाई सेवा प्रदान गरिसकेको उनले बताइन् ।

Advertisement


पोखरा महानगर पालिका वडा नम्बर ६ वडा सदस्य बासु बरालले शिशु स्याहार केन्द्रमा देखिएको चुनौती र दायित्वप्रति वडा कार्यालय सचेत रहेको बताइन् । कार्यक्रममा उपाध्यक्ष शिव जिसी, सचिव रेणु लामिछाने, कोषाअध्यक्ष इन्दिरा पौडेल, मितेरी नारी समूह बैदामका अध्यक्ष लक्ष्मी भट्टराई, ओटेफकी अध्यक्ष जमुना पराजुली, सल्लाहकार गणेश ढकाल, सल्लाहकार दुर्गाबहादुर शाह ‘बाबा’, सल्लाहकार मीना ढकाल, ताल बाराही महाआरतिका अध्यक्ष मंगल नेपाली, सल्लाहकार इन्दिरा गैरे, लायन्स क्लब अफ पोखरा सुन्दर चौतारीकी अध्यक्ष मीना भट्टराई र निवर्तमान अध्यक्ष विष्णु केसी लगायत वक्ताहरुले केन्द्रले धारणा राखेका थिए । संगीता बरालको अध्यक्षतामा भएको कार्यक्रम सचिव रेणु लामिछानेले सञ्चालन गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया