लिबर्टी माइक्रो लाइफद्वारा लघु बीमा साक्षरता

समाधान संवाददाता २०८० मंसिर १२ गते १९:०२

पोखरा ।

पोखरामा प्रधान कार्यालय रहेको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघुबिमा साक्षरता अभियान थालेको छ । पोखराको ताल बाराही माविको कक्षा ११ का विधार्थीबीच लघुजीवन बिमा परिचय, बिमाका सिद्धान्त, फाइदा, बिमामा जोडिन सक्ने प्रक्रिया, बिमासँग सम्बन्धित समयसामयिक विषयवस्तुमा केन्दित रहेर एक कार्यक्रम सम्पन्न गरिएको छ ।


सो कार्यक्रममा कम्पनीको गण्डकी, लुम्बिनी प्रदेशका क्षेत्रीय प्रबन्धक शिवप्रसाद पौडेल, गण्डकी प्रदेश प्रमुख विश्वराज पौडेलले विद्यार्थीबीच अन्तक्र्रिया गरे ।

Advertisement


बिमाको मुलधारमा समावेश हुन नसकिरहेका विपन्न, न्यून आय भएका वर्गका व्यक्तिहरुलाई जीवन बिमामा समेट्ने उद्देश्यकासाथ लघुजीवन बिमा व्यवसाय गर्न इजाजत पाएको लिबर्टी लाइफ इन्स्योरेन्सको अधिकृत पुँजी १ अर्ब, चुक्ता पुँजी ५२.२५ करोड छ । लिबर्टी लाइफ इन्स्योरेन्स कम्पनीको औपचारिक उदघाटन हुने कम्पनीले जानकारी गराएको छ ।
लघुबिमा सचेतना कार्यक्रम देशैभरि सञ्चालन गरिने कार्यक्रम समेत रहेको क्षेत्रीय प्रबन्धक पौडेलले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया