घाँसिकुवामा बस दुर्घटना, २ को मृत्यु, कम्तिमा ३० घाइते

समाधान संवाददाता २०८० मंसिर १३ गते १६:१८

पोखरा । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली व्यास १२ घाँसिककुवामा बुधबार बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परी कम्तिमा ३० जना घाइते भएको तनहुँ प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ५ वर्षीय हस्तराज राई र करिब ४० वर्षीय टोप बहादुर मगर रहेको प्रहरीले जनाएको छ ।

धरानबाट पोखरा गैरहेको ग १ ख ७८९५ नम्बरको बस सडकबाट दुर्घटनामा परेको हो । बस करिब १० मिटर तल खसेको प्रत्यक्षदर्शी अन्जन श्रेष्ठले बताए। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। केहीलाई पोखरा पठाउने तयारी छ ।

Advertisement

तपाईको प्रतिक्रिया