आमा र शिशु दुवैको मृत्यु हुँदा लमजुङ अस्तालमा तनाव

समाधान संवाददाता २०८० मंसिर १३ गते १९:३५

पोखरा ।
शिशु र आमा दुवैको मृत्युपछि लमजुङ अस्पतालमा तनाव बढेको छ । शल्यक्रियाबाट मृत शिशु जन्मिएको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि पीडित पक्षले बेंसीसहरस्थित लमजुङ अस्पतालमा प्रदर्शन गरेका हुन् ।

अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी दुवैको मृत्यु भएको आरोप लगाउँदै पीडित पक्षले प्रदर्शन गरेका हुन् । पीडितको प्रदर्शनपछि लमजुङ अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालको सेवासमेत प्रभावित बनेको छ ।


लमजुङको मस्र्यायाङ्दी गाउँपालिका ९, पामचोककी २६ वर्षीया शोभा विकको उपचारका क्रममा मृत्यु भएको हो । पीडित परिवारका अनुसार मंगलबार दिउँसो शल्यक्रियामार्फत शिशु निकालिएको थियो । यस विषयमा अस्पतालले औपचारिक रूपमा केही बोलेको छैन ।

Advertisement

तपाईको प्रतिक्रिया