पर्यटक प्रहरीले पायो जग्गा

सुन्दरकुमार थकाली २०८० मंसिर १४ गते ११:१०

जोमसोम ।
मुस्ताङमा पर्यटक प्रहरीलाई भवन बनाउन जग्गा सुनिश्चित भएको छ । २०८० भदौं ५ देखि जग्गा प्राप्ति प्रक्रिया अघि बढाएको पर्यटक प्रहरी जोमसोमले जोमसोममा १ रोपनी जग्गा पाएको हो ।


पर्यटकको सुरक्षा तथा सहयोगका लागि २०७० मा जोमसोममा पर्यटन प्रहरी स्थापना गरिएको थियो । यहाँ प्रहरी नायब निरीक्षकको कमान्डमा १० जनाको दरबन्दी छ । तर, प्रहरी सहायक निरीक्षक (असई)को कमान्डमा ८ पर्यटक प्रहरी कार्यरत छन् ।


हवाई तथा सडक सञ्जालले जोडिएपछि मुस्ताङमा पर्यटक प्रहरीको आवश्यक देखिएको हो । आफ्नै भवन नहुँदा पर्यटक प्रहरी कार्यालय भाडाको घरमा राखिएको छ । अहिले पनि पर्यटक प्रहरी इकाइ मुस्ताङले मासिक ३० हजार घरभाडा तिरिरहेको छ ।

Advertisement


स्थानीयको साथले जग्गा पाउने पक्का भइसकेको केन्द्रीय पर्यटक प्रहरी भृकुटीमण्डपका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र कुँवरले बताए । जग्गा प्राप्ति प्रक्रिया अघि बढेको २ महिनापछि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुस्ताङमा पर्यटक प्रहरीका लाथि १ रोपनी जग्गा दिने गरी सहमतिपत्र पठाएको छ ।


यो प्रक्रिया टुंगिएलगत्तै पहिलो चरणमा मुस्ताङ पर्यटक प्रहरीले जग्गाको नापजाँच गरी निस्सा प्राप्त गर्ने छ । जग्गा प्राप्तिका लागि नापजाँच र श्रेस्ता कायमका लागि मालपोत कार्यालयको संयोजकत्वमा प्रशासन, वडा प्रतिनिधि र नापी कार्यालयले संयुक्त बैठकसमे भइसकेको छ ।

Advertisement


पर्यटक प्रहरीलाई घरपझोङ गाउँपालिका ४ जोमसोम स्थित जनहित स्कुल र जोमसोम बसपार्कको पूर्वतर्फको दक्षिण मोहडाको जोमसोम—कोरला मुख्य सडकको जग्गा उपलब्ध गराउन लागिएको हो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया