लैंगिक हिंसा रोक्न प्रशिक्षण

समाधान संवाददाता २०८० मंसिर १४ गते १३:१७

पोखरा ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्गत बुधबार सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले विद्यालय स्तरीय प्रशिक्षण आयोजना गरेको छ ।


समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं–१० स्थित टप्स इङ्लिस बोर्डिङ स्कुलका कक्षा ९ र १० का विद्यार्थीलाई प्रशिक्षण दिएको अध्यक्ष कमलबहादुर श्रेष्ठले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक शाखाका प्रहरी निरीक्षक सागर पोखरेलले लैगिंक हिंसाका बारेमा प्रशिक्षण दिए ।


विद्यालयका कोडिनेटर पुरस्कृत गुरुङले लैंगिक हिंसालाई न्यूनीकरणको अभियान विद्यालय तहमा ल्याएकोमा आभार प्रकट गरे । ‘लैंगिक हिंसा अन्त्यका लागि सुनिश्चितताः महिला र बाल बालिकामा लगानीको एक्यवद्धता’ भन्ने नाराका साथ मंसिर ९ देखि सुरु भएको अभियान २४ गतेसम्म अभियान सञ्चालन गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया