फोर नेसन्सको क्यानेडा सेमिनार

समाधान संवाददाता २०८० मंसिर १४ गते १३:५४

पोखरा ।
चिप्लेढुंगामा रहेको फोर नेसन्स इन्टरनेसनलको पोखरा शाखामा बुधबार फोर नेसन्स क्यानेडा सेमिनार भएको छ । क्यानेडा र अस्ट्रेलिया अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई लक्ष्य गरी सेमिनार आयोजना गरिएको हो ।


पोखराको चिप्लेढुंगामा रहेको फोर नेसन्सको कार्यालयमा बुधबार बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म भएको सेमिनारमा इमिग्रेसन लयरसमेत रहेका फोर नेसन्स इन्टरनेसनलका प्रिन्सिपल विलियम ई. डाइसले विद्यार्थी र अभिभावकका जिज्ञाशाको जवाफ दिए । उनले अन्तर्राष्ट्रिय विद्यार्थीहरुले ती देशमा रहेका अवसर र चुनौती विश्लेषण गर्दै व्यक्तित्व निर्माणमा ध्यान दिनुपर्ने जनाए ।


डाइसले भिसा प्रोसेस, त्यहाँका कलेज तथा विश्वविद्यालयहरु, क्यानेडामा अन्तर्राष्ट्रिय विद्यार्थीको अवस्था, पिआर, जबको अवस्था, आदिबारे समेत जानकारी दिएका छन् । सेमिनारमा फोर नेसन्सका इन्टरनेसनल डाइरेक्टर कोमलराज पाठकले आफूहरुले विद्यार्थीको रुचि अनुरुपका विश्वविद्यालय छनोट, भिसा प्रोसेस र अन्य पक्षमा सहजीकरण गर्दै आएको जनाए ।

Advertisement


फोर नेसन्सले अस्टे«लिया, क्यानडा, बेलायत, अमेरिका लगायतका देशमा विद्यार्थी पठाउन सहजीकरण गर्दै आएको छ । वैदेशिक अध्ययनका लागि भिसा लागेका, विदेश जाने तयारी गरेका, भविष्यमा जाने योजना बनाएका र भिसा रिजेक्ट भएकाहरुले सेमिनारमा सहभागी भएर लाभ लिएको फोर नेसन्स पोखरा शाखाका प्रमुख नारायण सुवेदी बताउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया