मानवसेवा आश्रममा अमृतको सहयोग

पोखरा ।
लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धाश्रम, मानवसेवा आश्रम छोरेपाटन र मृगौला पीडितलाई सहयोग गरेर मनाएका छन् । गुरुङले पोखरा १७ छोरेपाटनस्थित मानवसेवा आश्रम र सीतापाइलास्थितको वृद्धाश्रम र मृगौला पीडित नरबहादुर तामाङलाई खाद्यान्न सहयोग गरेका छन् ।
गुरुङले आफ्नो जन्मोत्सवमा आशीर्वाद लिन वृद्धाश्रम, मानवसेवा आश्रम पुगेको बाताए । ‘आजभोलि जन्मदिनमा फजुल खर्च गर्ने प्रचलन बढ्दो छ । साथीभाइसँग भेटघाटमा रमाइलो हुन्छ’, गुुरुङले भने, ‘जन्मदिनमा बाहिर गर्ने फजुल खर्चभन्दा कुनै सामाजिक सेवामा खर्च गर्न पाए शान्ति मिल्छ ।’
उनले युवा पुस्तालाई सन्देश दिने उद्देश्यले जन्मोत्सव आश्रममा मनाएको बताए । ‘यो मेरो सहयोग भन्दा पनि सन्देश हो,’ उनले भने ,‘भोज गरेर खर्च गर्नुको सट्टा असहायको साहरा बन्न सक्नुपर्छ भन्ने हेतुले हरेक वर्ष मैले यसरी नै जन्मोत्सव मनाउने गर्दछु ।’
युवा व्यवसायी तथा समाजसेवी गुरुङले सामाजिक सेवासँगै खेलकुद विकासको क्षेत्रमासमेत काम गर्दै आएका छन् । मानवसेवा आश्रम छोरपाटनमा ६७ जना र सीतापाइलास्थित पोखरा वृद्धाश्रममा ५७ जना आश्रित छन् ।








फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया