‘प्रहरी ऐनमा सामुदायिकको भूमिका समेटिनुपर्छ’

समाधान संवाददाता २०८० मंसिर १४ गते १४:२७

पोखरा ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले सामुदायिक सेवा प्रवाहमा नागरिकको अपेक्षासम्बन्धी प्रशिक्षण आयोजना गरेको छ ।


जिल्ला प्रहरी कार्यालय कास्कीसँगको सहकार्यमा भएको कार्यक्रममा नेपाल प्रहरी र सामुदायिककर्मीबीच अन्तक्र्रिया गरिएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले स्थानीय समुदायसँगको समन्वय र सहकार्यमा नेपाल प्रहरीले समाजमा शान्ति, सुरक्षा कायम गर्न सक्ने बताए ।


‘स्थानीय समुदायसँग नेपाल प्रहरीको जति बढी निकटको सम्बन्ध हुन्छ, त्यति नै अपराध अनुसन्धान, रोकथाम नियन्त्रणमा सफलता मिल्छ,’ उनले भने, ‘विकृति, विसंगति न्यूनीकरणका लागि सक्रिय संघ, संस्थासँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न नेपाल प्रहरी तयार छ ।’

Advertisement


उनले नयाँ बन्ने प्रहरी ऐनमा सामुदायिकको भूमिका समेटिन सकिने बताए । उनले प्रहरीसँगको सहकार्य, काम कर्तव्य र भूमिका ऐनमा समेटिए काम गर्न सहज हुने उनले उल्लेख गरे ।


सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका कानुनी सल्लाहकार नारायण शर्माले संघ, संस्था दर्ता ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका सामुदायिक सेवा केन्द्रलाई प्रहरी ऐनले नचिन्ने सुनाए । उनले गृह मन्त्रालयको निर्देशिका अनुसार सामुदायिक सेवा केन्द्रले काम गर्ने बताए । उनले विकृति, विसंगति न्यूनीकरणको क्षेत्रमा काम गर्ने सामुदायिककर्मीहरु कतिपय सवालमा आफैं असुरक्षित भएको उल्लेख गरे ।

Advertisement


कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की अध्यक्ष भीम पराजुली, संस्थाका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, महासचिव घनश्याम तिम्सिना लगायतले सामुदायिक सेवा केन्द्रका गतिविधिका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया