सराङकाेट बहुउद्देश्यीय सहकारीको सभा

समाधान संवाददाता २०८० मंसिर १७ गते १२:४०

पोखरा ।
सराङकाेट बहुउद्देश्यीय सहकारीको १७ औं साधारणसभा शनिबार भएको छ । २०६३ मा स्थापना भएको सहकारीले ऐन, नियम अनुसार समुदाय विकास कार्यक्रमका लागि रेडियो सराङकोटसँगै सदस्यको आर्थिक विकासका लागि बचत तथा ऋण कारोबार गर्दै आएको छ ।


कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका क्षत्रीय प्रमुख नरेश पाण्डेले संस्थालाई दीर्घकालिन रुपमा अगाडि बढाउन जगेडा कोष वृद्धिसँगै सदस्यहरुमा मेरो सहकारी भन्ने भावनाको विकास हुनुपर्नेमा जोड दिए । सभाले अध्यक्ष कृष्ण थापा, सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, कर्जा संयोजक रमेशकुमार थापा, लेखा संयोजक शिवबहादुर बानियाँ, असुली संयोजक मायाकुमारी शर्मा र व्यवस्थापक सुरेन्द्र थापाद्वारा प्रस्तुत प्रतिवेदनहरुलाई पारित गरेको छ ।


संस्थाको हाल सेयर पुँजी ७ करोड १५ लाख, बचत ४५ करोड ७४ लाख, कर्जा लगानी ५३ करोड ६२ लाख छ । कार्यक्रममा ज्येष्ठ सदस्य पूर्णबहादुर ढकाल क्षेत्रीसहित उत्कृष्ट कारोबार र बचतकर्ताहरु र सहयोगीहरुलाई सम्मान गरिएको छ ।

Advertisement

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष प्रेमबहादुर जिसी, सल्लाहकार सोभियतबहादुर अधिकारी, रोहितराज बास्तोला, दुर्गाबहादुर सुनार, ईन्द्रकमल मानन्धर, कमलनयन गौतम, सञ्चालक विकल पौडेल, तारा थापा, पूर्वसञ्चालक रामचन्द्र थापा, बहुउद्देश्यीय समिति सदस्य गणेशबहादुर अधिकारी, रेडियो सराङकोटका निर्देशक चिन्तामणि बास्तोला, सदस्य दामोदर शर्मा लगायतले बोलेका थिए । यो सहकारीले गत वर्ष प्रदेशकै उत्कृष्ट सहकारी सम्मान पाएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया