लैंगिक हिंसा रोक्न अभिमुखीकरण

समाधान संवाददाता २०८० मंसिर १७ गते १५:४३

पोखरा ।
नेपाल रेडक्रस सोसइटी कास्की शाखा र सिविन नेपालको संयुक्त आयोजनामा शनिबार लैंगिक हिंसा विरुद्धको अभिमुखीकरण कार्यक्रम भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भएको कार्यक्रममा अधिवक्ता जुनाकुमारी गुरुङले महिलामाथि हुने हिंसा तथा संविधानमा महिला हकको व्यवस्थाबारे जानकारी दिइन् ।


सिविनका कार्यक्रम प्रमुख माधव लोहनीले बाल अधिकारको विषयमा प्रशिक्षण दिएको रेडक्रस कास्कीका सभापति दण्डराज शर्माले जानकारी दिए । कार्यक्रममा विभिन्न क्षेत्रका गरी १ सय जनाको सहभागिता थियो । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकालले लैंगिक हिंसा न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम आवश्यक भएको बताए ।


नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति शर्माले रेडक्रसले लैंगिक तथा सामाजिक समावेशिकरण समिति बनाएर लैंगिक समानता कायम गर्ने बार्यक्रम गरेको जानकारी दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति उर्मिला खड्का, कोषाध्यक्ष सन्तोष अधिकारी, जिल्ला सदस्य तथा लैंगिक तथा समाजिक समावेशिकरण समितिका संयोजक रमा न्यौपाने कोइराला, जिल्ला सदस्य रमा त्रिपाठी, नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाका सभापति नेत्रपाणी भण्डारी, रुपा ७ हंसपुर उपशाखाका उपसभापति कल्पना सुवेदी, जुनियर युवा सर्कल पोखरा ११ का अध्यक्ष पुकार कार्कीले रेडक्रसका गतिविधि तथा अभियानका बारेका बोलेका थिए ।

Advertisement


‘लैंगिक हिंसा अन्त्यका लागि सुनिश्चितताः महिला र बाल बालिकामा लगानीको एक्यवद्धता’ भन्ने नाराका साथ मंसिर ९ देखि सुरु भएको अभियान २४ गतेसम्म सञ्चालन गरिएको छ । गण्डकी प्रदेशमा सामाजिक विकास कार्यालय, स्थानीय तह तथा मानव अधिकारवादी संघ संस्थाको समन्वयमा समुदाय स्तरमा लैंगिक हिंसा निवारणका लागि सचेतनामुलक कार्यक्रम गरी अभियान सञ्चालन गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया