केभ सिटी पर्यटन सहकारीमा पुनः बेनीबहादुर

समाधान संवाददाता २०८० मंसिर १८ गते ११:००


पोखरा ।
बाटुलेचौरमा रहेको केभ सिटी पर्यटन सहकारी संस्था लिमिटेडको सम्पन्न अधिवेशनले पुनः बेनीबहादुर बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नयाँसमिति चयन गरेको छ ।


शनिबार सम्पन्न चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले सहकारीको वरिष्ठ उपाध्यक्षमा दुर्गालाल श्रेष्ठ, उपाध्यक्षमा प्रकाश थापा, सचिवमा तुलबहादुर वस्नेत, सहसचिवमा चन्द्राकुमारी देवकोटा, कोषाध्यक्षमा मोहनबहादुर थापा र सहकोषाध्यक्षमा प्रकाश भट्टराईलाई चयन गरेको छ । सदस्यमा केदारनाथ अधिकारी, कुमार श्रेष्ठ, यमबहादुर खवास, बलराम तिमिल्सिना, तिलुमाया खवास र गंगा कार्की सर्वसम्मत चयन भएका छन् ।


यसअघि अधिवेशनको उदघाटन गर्दै गण्डकी प्रदेश सभाका पूर्व सांसद कृष्ण थापाले अन्य सहकारीको तुलनामा पर्यटन सहकारीको क्षेत्र विस्तृत भएको बताउँदै पर्यटन क्षेत्रमा लगानी गर्न सुझाव दिए ।

Advertisement


पूर्वमन्त्री कुमार खड्काले स्थानीय समुदायको आर्थिक वृद्घिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । सहकारीका अध्यक्ष बेनीबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, जयलक्ष्मी सहकारीका प्रबन्ध निर्देशक सुशील केसी, सेयर सदस्य मोहन थापा लगायतले सहकारी मुलतः पर्यटन क्षेत्रलाई केन्द्रविन्दुमा राखी आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।


अधिवेशनमा सचिव तुलबहादुर बस्नेतको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष केदारनाथ अधिकारीको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक सुरेन्द्र थापाको लेखा प्रतिवेदन सभाले पारित गरेको छ । सहकोषाध्यक्ष प्रकाश भट्टराईले स्वागत गरेको कार्यक्रम सञ्चालन सहसचिव चन्द्राकुमारी देवकोटाले गरेकी थिइन् । सहकारीले पोखराका महत्वपूर्ण पर्यटकीय क्षेत्र महेन्द्र गुफा र चमेरे गुफा आउने पर्यटकलाई लक्ष्य गरी केभ सिटी गार्डेन रेस्टुरेन्ट सञ्चालनसमेत गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया