सराङकोट सहकारीको १७ औं साधारण सभा

समाधान संवाददाता २०८० मंसिर १८ गते ११:०८


पोखरा ।
सराङकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको छ । २०६३ मा स्थापना भएको सहकारी ऐन नियम अनुसार समुदाय विकास कार्यक्रमका लागि रेडियो सराङकोटसँगै सदस्यको आर्थिक विकासको लागि बचत तथा ऋण कारोबार गर्दै आएको छ ।


साधारण सभाको शुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंकका क्ष्ोत्रीय प्रमुख नरेश पाण्डेले संस्थालाई संस्थालाई दीर्घकालीन रुपमा अगाडि बढाउन, जगेडा कोष वृद्धिसँगै सदस्यहरुले मेरो सहकारी भन्ने भावनाको विकास गराउनुपर्ने बताए समाजको विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेकाले सबै सहकारी एउटै टोकरीमा राखेर नहेरी राम्रोलाई राम्रो हो भन्न सक्ने सहकारी बन्नुपर्ने बताए ।


वार्षिक साधारणले अध्यक्ष कृष्ण थापा, सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, कर्जा संयोजक रमेशकुमार थापा, लेखा संयोजक शिवबहादुर बानियाँ, असुली संयोजक मायाकुमारी शर्मा व्यवस्थापक सुरेन्द्र थापाद्वारा प्रस्तुत प्रतिवेदनहरुलाई पारित गरेको छ । संस्थाको हाल सेयर पुँजी ७ करोड १५ लाख बचत ४५ करोड, ७४ लाख, कर्जा लगानी ५३ करोड ६२ लाख रहेकोमा यस वर्ष सम्पूर्णतर्फ १० कारोड वृद्धि गर्ने योजना रहेको अध्यक्ष कृष्ण थापाले बताए ।

Advertisement


कार्यक्रममा ज्येष्ठ सदस्य पूर्णबहादुर ढकाल क्षेत्री लगायत उत्कृष्ट कारोबार बचत गर्ने, सदस्यहरुको विविध क्षेत्रका उत्कृष्ट सहयोगीहरुलाई सम्मान गरिएको थियो । कर्यक्रममा संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जिसी, सल्लाहकार सोभियतबहादुर अधिकारी, रोहितराज बास्तोला, दुर्गाबहादुर सुनार, इन्द्रकमल मानन्धर, कमलनयन गौतम सञ्चालक विकल पौडेल, तारा थापा, पूर्व सञ्चालक रामचन्द्र थापा, बहुउद्देश्यीय समितिका सदस्य गणेशबहादुर अधिकारी, रेडियो सराङकोटका निर्देशक चिन्तामणि बास्तोला सदस्य दामोदर शर्मा सदस्यको तर्फबाट अमृतशोभा खत्री लगायतले आ–आफ्नो भनाई राखेका थिए । सहकारी गएको वर्ष प्रदेशकै उत्कृष्ट सहकारी सम्मानसँगै समाजिक स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुमा सक्रिय रहँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया