पिआरसीको अनुशिक्षण

समाधान संवाददाता २०८० मंसिर १८ गते ११:१३


पोखरा ।
पोखरा रिसर्च सेन्टर (पिआरसी) द्वारा गण्डकी प्रदेश सभा सचिवालयको आयोजनामा सार्वजनिक लेखा समितिको कार्यसम्पादन व्यवस्थापन विषयक अनुशिक्षण कार्यक्रम संचालन गरेको छ ।


सार्वजनिक लेखा समिति संसदको एउटा महत्वपूर्ण विषयगत समिति हो । सार्वजनिक लेखा समितिको मुख्य काम सार्वजनिक वित्त व्यवस्थापन हो । यसै विषयमा केन्द्रित रहेर अनुशिक्षण कार्यक्रममा निवर्तमान महालेखा परीक्षक टंकमणी शर्मा (दंगाल) ले प्रस्तुतीकरण दिए ।


समारोहमा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले प्रदेश सार्वजनिक लेखा समितिको काम, कर्तव्य, अधिकार, क्षेत्र, दायरा, भूमिका तथा कार्य प्रक्रियामा प्रस्तुतीकरण गरे । पिआरसी सार्वजनिक नीति अनुसन्धानको सामाजिक तथा आर्थिक आयममा केन्द्रित स्वतन्त्र, गैरराजनीतिक र गैरनाफामूलक संस्था हो ।

Advertisement

तपाईको प्रतिक्रिया