अर्घौ कृषि सहकारी उत्पादनतर्फ

समाधान संवाददाता २०८० मंसिर १८ गते १५:२०

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ मा रहेको अर्घौं कृषि सहकारीले सेयर सदस्यको आय आर्जनमा वृद्धि हुने गरी उत्पादनशील क्षेत्रमा लगानी बढाउने योजना अगाडि सारेको छ ।


संस्थाको १३ औं वार्षिक साधारण सभामा कृषि उत्पादनलाई प्राथमिकतामा राखेर किसान केन्द्रित कार्यक्रममार्फत सेयर सदस्यहरुको आयआर्जनमा प्रत्साहन गर्नका लागि कृषि कर्जा र आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि चेतनामूलकका कार्यक्रम लागू गर्ने भावी योजनाअघि सारिएको हो ।


कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सहकारीका क्षेत्रमा देखिएका समस्यामा स्वयं सेयर सदस्यले समयमा कर्जाको रकम नतिर्ने र सञ्चालन समितिले नीति, नियम पालन नगरे यो क्षेत्र धराशायी हुने जनाए ।

Advertisement

सोही अवसरमा राष्ट्रिय सहकारी बैंक तालचोक शाखाका प्रतिनिधि रोशन खत्रिवडा, लेखनाथ बचत तथा ऋण सहकारी संस्थाका सचिव लेखनाथ सापकोटा, जनप्रिय बहुउद्देश्यीय सहकारी अध्यक्ष रवीन्द्रमोहन अधिकारी, मार्गदर्शन कृषि सहकारीका सहसचिव सुजन अधिकारी र सेयर सदस्यको तर्फबाट सरस्वती पन्थी लगायतले बोलेका थिए ।


संस्थाका अध्यक्ष कलाधर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पार्वती सिग्देल र सचिव हरिबहादुर लामिछानेले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया