औद्योगिक व्यापार मेलामा ज्येष्ठ नागरिक र अपांगलाई प्रवेश सित्तैमा

समाधान संवाददाता २०८० मंसिर १८ गते १६:११
फाइल फाेटाे

पोखरा ।
पोखराको नयाँबजारमा मंसिर २१ गतेबाट सुरु हुने ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेलामा ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई प्रवेश निःशुल्क हुने भएको छ ।


मेला प्रवेशका लागि सर्वसाधारणका लागि १ सय रुपैयाँ र विद्यार्थीको हकमा ६० रुपैयाँ टिकट कायम गरिए पनि ज्येष्ठ नागरिक र अपांगता भएकाहरुको सम्मानका निम्ति निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजक संस्था पोखरा उद्योग वािणज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।


‘हामीले आयोजना गर्ने मेला उद्यमशीलता विकासको पुनित कार्यमा समर्पित छ, हामी मेलामा बढीभन्दा बढी अवलोकनकर्तालाई सहभागी गराएर उद्यमशीलताबारे जानकारी पस्कन चाहन्छौँ,’ उनले भने, ‘प्रवेश टिकटमा राखिएको शुल्कबाट संकलित रकम पनि महिला उद्यमीलता र व्यावसायिक तालिमहरुमा नै खर्चने हो, त्यसो त हामीले प्रवेश टिकटमै जाजरकोट भूकम्पपीडितका लागि १० रुपैयाँ छुट्याएका छौँ, सामाजिक उत्तरदायित्वबहन गर्न हामीले त्यसो गरेका हौँ ।’

Advertisement


विद्यार्थीको टिकटबाट भने भूकम्पपीडितको लागि ५ रुपैयाँ छुट्टयाइएको छ । मेला उद्घाटनको दिन नजिकिँदै गर्दा अन्तिम चरणको तयारी भइरहेको महासचिव बलराम आचार्यले जानकारी दिए । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरा महानगरपालिका तथा नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको मेलालाई पोखराको प्रतिष्ठित घराना लक्ष्मी हाउसको मुख्य प्रायोजन गरेको छ ।

मेला पुस १ गतेसम्म जारी रहने तथा मेलामा सहभागीलाई मनोरञ्जन दिलाउन सांस्कृतिक कार्यक्रम तथा खाजाको लागि रेस्टुरेन्टको व्यवस्था गरिएको उनको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया