मनाङमा पुगे २१ हजार पर्यटक

समाधान संवाददाता २०८० मंसिर १९ गते १३:००

मनाङ ।
कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार ८ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् ।


सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार ८ सय ६ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताए । अक्टोबर महिनामा सबैभन्दा बढी ५ हजार १ सय ९८ पर्यटक भित्रिएका छन् ।


साथै सन् २०२३ को जनवरीमा १ सय ८४, फेब्रुअरीमा ४ सय ९९, मार्चमा २ हजार ७ सय ३६, अप्रिलमा ४ हजार २ सय २१, मेमा १ हजार ५ सय ७१, जुनमा २ सय ५२, जुलाईमा २ सय ५६, अगस्टमा ३ सय १६, सेप्टेम्बरमा २ हजार २ सय ५७, अक्टुबरमा ५ हजार १ सय ९८ र नोभेम्बरमा ३ हजार २ सय ४८ पर्यटक भित्रिएका छन् ।

Advertisement


सो अवधिमा सबैभन्दा बढी फ्रान्सका नागरिक मनाङ भ्रमणमा आएका छन् । फ्रान्सका २ हजार ४ सय ८५, इजरायलका १ हजार ८३, जर्मनका १ हजार ८ सय ३७, बेलायतका १ हजार ४ सय ७३, अमेरिकाका १ हजार २ सय १३, रसियाका १ हजार १ सय ६७, अस्ट्रेलियाका १ हजार १ सय ५, नेदरल्यान्डसका ९ सय ७० र भारतका ८ सय ९७ पर्यटक भित्रिएको एक्याप मनाङले जनाएको छ ।


सन् २०२२ मा मनाङमा १५ हजार ९ सय ३ विदेशी पर्यटक भित्रिएका थिए । कोभिड महमारीको समयमा पनि सन् २०२० मा १ हजार ९ सय ७६ र सन् २०२१ मा २ हजार तीन सय ७३ बाह्य पर्यटक भित्रिएका थिए । साथै सन् २०१९ मा २६ हजार छ सय ४७, सन् २०१८ मा २९ हजार चार सय ८४ र सन् २०१७ मा २७ हजार ६८ पर्यटक भित्रिएका थिए । कोभिड महामारीपछि मनाङमा हालसम्मकै बढी पर्यटक भित्रिएका हुन् ।

Advertisement


मनाङमा विशेष गरी साहसिक पदयात्राका लागि विदेशी पर्यटक आकर्षित हुन्छन् । विश्वकै १०औं उच्च जोखिमपूर्ण यात्रा गर्न मनाङमा पर्यटक आकर्षित हुने गरेका छन् । रसियन पर्यटक लुले प्राकृतिक वातावरणको अनुभव गर्न नेपाल आएको बताए ।


उनले भने, ‘हामी प्रविधिमार्फत एकै ठाउँमा बसेर धेरै स्थान पुग्न सक्छौं । तर, शारीरिक रुपमै पुगेर प्रकृतिसँग रमाउनुको मज्जा नै छुट्टै छ । नेपाल प्राकृतिक रुपमा धनी छ । यसको महसुस गर्न सक्नुपर्छ । सबै देशका मानिस एक नेपालको प्रकृतिसँग रमाउन आउनुपर्छ ।’ उनीजस्तै अधिकांश विदेशी पर्यटक नेपालको रमणीय प्रकृतिसँग रमाउन आउँछन् ।

तपाईको प्रतिक्रिया