स्वास्थ्य समृद्धिको सूचकः गुरुङ

समाधान संवाददाता २०८० मंसिर १९ गते १३:१०

पोखरा ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले स्वास्थ्य विकास र समृद्धिको सूचक भएको बताएकी छन् ।


स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले यो क्षेत्रमा महानगर लागिपरेको बताएकी छन् । पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको स्त्रीरोग परीक्षण सम्बन्धी निशुल्क स्वास्थ्य शिविरमा उनले जुन देशका नागरिक स्वस्थ हुन्छन्, त्यो देश समृद्धिको दिशामा जाने सुनाइन् ।

Advertisement


‘नागरिक स्वस्थ भए परिवार, समाज र देश नै समृद्धिको बाटोमा अगाडि बढ्छ,’ उनी भन्छिन् । बिरामी भइसकेपछि मात्रै अस्पताल जाने अवस्था परिवर्तन गर्दै समय समयमा जाँच गर्न उनले आग्रह गरिन् । पोखरा १५ का अध्यक्ष तोरणबहादुर बानियाँले मानवीय विकासमा स्वास्थ्य महत्वपूर्ण रहेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया