महानगर हक्की संघमा यमन

समाधान संवाददाता २०८० मंसिर २० गते ११:४५

पोखरा ।
पोखरा महानगरपालिका हक्की संघको अध्यक्षमा यमन रसाइली चयन भएका छन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा मंगलबार भएको भेलाले रसाइलीलाई अध्यक्षमा चयन गरेको हो ।


उपाध्यक्षमा नानु गुरुङ, सचिव समीक्षा पुन र कोषाध्यक्षमा सोनु बराल चयन भएको कास्की जिल्ला हक्की संघका अध्यक्ष हितकुमार गुरुङले जानकारी दिए ।


पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारको उपस्थितिमा भएको भेलाबाट कार्यसमिति सदस्यमा प्रेमा परियार र प्रेम विक चुनिएका छन् । प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार विशेष खेलकुद संघबाहेक अन्य खेलकुद संघका ३ वटा पालिकामा अनिवार्य खेलकुद संघ गठन गर्नुपर्ने प्रावधान छ ।

Advertisement

तपाईको प्रतिक्रिया