सामुदायिक कालिकाको सचेतना

समाधान संवाददाता २०८० मंसिर २० गते १२:५३

लेखनाथ ।
सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा कालिकाले सोमबार लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम गरेको छ । पोखरा २८ वडा कार्यालय र इलाका प्रहरी कार्यालय डाँडाको नाकको समन्वयमा र रत्न शोभा माध्यमिक विद्यालयको व्यवस्थापनमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम भएको हो ।


सोही विद्यालयका कक्षा ९, १०,१ १ र १२ का विद्यार्थीलाई प्रशिक्षण दिइएको छ । कार्यक्रममा पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले सामुदायिक सेवा केन्द्रले विकृति, विसंगतिरहित सभ्य समाज निर्माणका लागि काम गरेको बताए । उनले आगामी दिनमा सेवा केन्द्रले आयोजना गर्ने कार्यक्रममा वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे ।


समाजमा हुने विभिन्न किसिमका हिंसा मानिसबाट हुने भएकाले यसको न्यूनीकरणका लागि मानिस आफैं सचेत हुन जरुरी हुने बताउँदै उनले प्रशिक्षणमा सिकेका कुरा आफ्नो टोल टोलमा सिकाउनुपर्नेमा जोड दिए । सेवा केन्द्रका अध्यक्ष विकल केसीले समाजमा हुने विभिन्न किसिमका हिंसा, विकृति, विसंगति रोकथामका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिए ।

Advertisement


इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रहरी निरीक्षक यमनारायण आर्यालले लैंगिक तथा घरेलु हिंसाको परिचय, लैंगिक हिंसाले समाजमा पार्ने असर, हिंसाको प्रकार, पीडितलाई हुन सक्ने सामाजिक तथा मानसिक असर, आर्थिक र यौनिक क्षतिका साथै कानुनी व्यवस्थाको लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।


कार्यक्रममा केन्द्रका कार्यसमिति सदस्य पुकार गौतम, प्रहरी सहायक हवलदार अशोक सापकोटा, सञ्चारकर्मी ऋषिराम रानाभाट लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया