विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान

समाधान संवाददाता २०८० मंसिर २२ गते ११:४८

पोखरा ।
विन्ध्यवासिनी मावि पोखरा–१६, बाटुलेचौरबाट राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याएर उच्च शिक्षा अध्ययनका लागि विभिन्न कलेजमा भर्ना पाउन सफल विद्यार्थीलाई बिहीबार सम्मान गरिएको छ ।


विज्ञान तथा व्यवस्थापन विषयमा उत्कृष्ट नतिजा ल्याई विभिन्न कलेजले लिएको प्रवेश परीक्षामा उत्कृष्ट हुन सफल विद्यार्थीलाई विद्यालयले प्रोत्सहान स्वरुप नगद तथा प्रमाणपत्रले सम्मान गरेको हो । सम्मान पाउनेहरुमा विपना बिसी (इन्जिनियरिङ तर्फ पोखरा विश्वविद्यालय, पूर्ण छात्रावृत्ति), विशाखा दर्नाल, (बिएससी नर्सिङतर्फ पूर्ण छात्रावृत्ति), प्रार्थना बस्नेत (बिएससी नर्सिङतर्फ पूर्ण छात्रावृत्ति), निशान पौडेल (अप्टोमेट्रीतर्फ पूर्ण छात्रावृत्ति), र सिर्जना केसी (बिएससीएजी, तर्फ पूर्ण छात्रावृत्ति) त्यसैगरी बिएससी नर्सिङतर्फ निकीता केसी, भावना गर्बुजा पुन, इन्जिनियरिङतर्फ नरेशकुमार शाह, प्रवीण पौडेल, प्रनिश पौडेल, सुमिन जिसी, एलिश अधिकारी, आकृति बस्नेत प्रतीकजंग पौडेल क्षेत्री र बिएससी, एजीतर्फ विपना आचार्य, निरा गुरौ छन् । बिबिएतर्फ आकृति भट्टराई र स्वस्तिका पौडेलले नाम निकाल्न सफल भएका छन् । पूर्ण छात्रवृत्ति पाउन सफल विद्यार्थीहरुलाई विद्यालयले नगदसमेत प्रदान गरेको छ ।


कार्यक्रममा पोखरा महानगरपालिकाका वडा नं १६ का अध्यक्ष तथा विव्यस पदेन सदस्य अमृत तिमिल्सिनाले सफल विद्यार्थीलाई बधाई दिँदै छोटो समयमा विद्यालयले गरेको सफलताप्रति खुशी हुँदै सम्मानित विद्यार्थीहरुको समुज्ज्वल भविष्यको कामना गरे । कार्यक्रममा विव्यस ज्येष्ठ सदस्य गुरुदत्त भट्टराई, शिअ संघका अध्यक्ष भीमप्रसाद पौडेल, प्रअ कृष्णप्रसाद आचार्य, सह–प्रअद्वय रामबहादुर बानियाँ, भेषराज पौडेल, पूर्व प्रअ खिमलाल अधिकारी, +२ संयोजक माधव अधिकारी, विज्ञान संयोजक सुशील देवकोटा, एकेडेमिक डिन सुमन बस्नेत लगायत विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको कार्यक्रम सञ्चालन विद्यालयका सूचना अधिकारी तथा सह–प्रअ रामबहादुर बानियाँले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया